मंगलबार, जेठ ५, २०८३

३६ दिन भेन्टिलेटरमा राखिएका कोरोना संक्रमित निको भए

मुखर्जी भन्छन्, म अवश्य पनि बिमारीसँग लडेको हुँ। तर, मेरो जीवन बचाउन डाक्टर र नर्स अझ बढी लडेका छन्। यो भाइरस (कोभिड–१९) लाई हराउन सकिन्छ।’
 |  शुक्रबार, जेठ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २३, २०७७

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएर ३६ दिन भेन्टिलेटरमा राखिएका एक व्यक्ति निको भएका छन्।

National life

ती भाग्यमानी हुन्, भारतका नितईदास मुखर्जी। उनी कोरोना संक्रमण भएर एएमआई अस्पतालमा भर्ना भएका थिए र स्वास्थ्य स्थिति बिग्रँदै गएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। स्थिति यति बिग्रिसकेको थियो कि उनी एक मिनेटमा ५० पटकसम्म सास लिइरहेका थिए।

डाक्टरहरुले उनलाई हाइड्रोक्सिक्लोरोक्विन चलाएका थिए। साथै अन्य भिटामिन र एन्बिायोटिक्स पनि दिएका थिए। आईसीयूमा मुखर्जीको अलार्म बजिरहेको हुन्थ्यो। कहिले अक्सिजनको मात्रा कम भइरहेको हुन्थ्यो त कहिले एक्सरे मेसिनमा फोक्सो सेतो देखिन थालेको हुन्थ्यो।

डा. सास्वति सिन्हाले ११ अप्रिलमै उनकी पत्नीलाई फोन गरेर बिरामीको अवस्था अत्यन्तै नाजुक रहेको र उनी अब नबाँच्ने बताइसकेकी थिइन्। पत्नी मुखर्जी भने ८० वर्षीया सासूका साथ होम क्वारेन्टिनमा थिइन्।

अस्पतालमा भर्ती भएको एक महिनापछि भने मुखर्जीमा संक्रमणसँग लड्ने लक्षण देखिन थाल्यो। तर, सुधार एकदमै धीमा गतिमा थियो। आखिर उनी होसमा आए, पत्नीसँग भिडियो कल गरे।

‘मलाई केही आइडिया थिएन के भइरहेछ भनेर। आँखाअगाडि अँध्यारो छाएको थियो। अगाडि निलो कपडा लगाएकी एक महिला देख्थेँ धमिलो प्रकाशमा। पछि थाहा पाएँ, उनी त डाक्टर रहिछन्। मेरो स्मरणशक्ति पूरै हराएको थियो। लाग्थ्यो– म कतै कैद भएको छु। मलाई डोरीले बाँधिएको छ। म ठिक छैन भनेर मानिसहरु मेरो परिवारसँग पैसा असुलिरहेका छन् र मलाई छाडिरहेका छैनन्,’ मुखर्जीले बीबीसी संवाददाता सौतिक बिस्वाससँग भने।

अप्रिल अन्तिम साता मुखर्जीलाई भेन्टिलेटरबाट हटाइयो। करिब एक महिनापछि उनी आफैंले सास लिए।

उनी अहिले डिस्चार्ज भइसकेका छन् र आफ्नो नयाँ जिन्दगी सुरु गर्दैछन्। अहिले उनी कसैको सहायताबिना हिँडडुल गर्न सक्छन्। स्मरण शक्ति फिर्ता आएको छ।

मुखर्जी भन्छन्, म अवश्य पनि बिमारीसँग लडेको हुँ। तर, मेरो जीवन बचाउन डाक्टर र नर्स अझ बढी लडेका छन्। यो भाइरस (कोभिड–१९) लाई हराउन सकिन्छ।’

५२ वर्षीया मुखर्जी घरबारविहीनहरुका लागि एक गैरलाभकारी सामाजिक संस्था चलाउँछन्।

 

प्रकाशित: Jun 05, 2020| 08:28 शुक्रबार, जेठ २३, २०७७
प्रतिक्रिया दिनुहोस्