बुधबार, फागुन २७, २०८२

पञ्जशिरमा तालिबान अझै संघर्षरत, २० जना सर्वसाधारण मारिए

तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यकामा २० जनाको हत्या गरेको छ।
 |  मंगलबार, भदौ २९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २९, २०७८

काठमाडौं- तालिबानले अफगानिस्तानको पन्जशिर उपत्यकामा २० जनाको हत्या गरेको छ। नेशनल रेसिस्टेन्स फ्रन्ट (एनआरएफ) र तालिबान लडाकुबीच भिडन्त हुँदै आएको सो उपत्यकामा सर्वसाधारणको ज्यान गएको हो।   

National life

तालिबानले त्यहाँको सञ्चार सम्पर्क विच्छेद गरेर स्थानीयलाई मारेको बीबीसीले जनाएको छ।

सार्वजनिक भएको एउटा भिडियोमा सडकमा सैनिक पोशाक लगाएका एक व्यक्तिलाई तालिबान लडाकुले घेरेको र उनीमाथि गोली प्रहार गरेको देखिन्छ। भिडियोमा स्थानीय बासिन्दाहरुले ती व्यक्ति सर्वसाधारण रहेको बताएका छन्। पन्जशिरमा त्यसरी कम्तीमा २० जनाको हत्या भएको बीबीसीले उल्लेख गरेको छ। युद्धसँग कुनै सरोकार नभएका व्यक्ति नै मारिएको उसको भनाइ छ।

गएको अगस्ट १५ मा तालिबानले काबुलसहित अफगानिस्तानका अरु क्षेत्रमा नियन्त्रण कायम गर्दा पान्जशिर भने कब्जामा आएको थिएन। गएको साता भने तालिबानले पञ्जशिरमा पनि विजय प्राप्त गरेको घोषणा गरेको थियो। एनआरएफले पनि आफ्नो लडाइँ जारी राख्ने बताएको छ।

प्रकाशित: Sep 14, 2021| 08:08 मंगलबार, भदौ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।