बुधबार, फागुन २७, २०८२

तालिबानद्वारा २० सर्वसाधारणको हत्या

अफगानिस्तानको पञ्‍जशीर उपत्यकामा तालिबानी समूहले २० सर्वसाधारणको हत्या गरेको पाइएको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काबुल- अफगानिस्तानको पञ्‍जशीर उपत्यकामा तालिबानी समूहले २० सर्वसाधारणको हत्या गरेको पाइएको छ। बीबीसीका अनुसार तालिबानले विपक्षी समूहसँगको भिडन्तका क्रममा २० सर्वसाधारणको हत्या गरेको पाइएको हो।  

National life

तालिबान समूहले संयमता अपनाउने प्रतिबद्धता व्यक्त गरेको भए पनि पञ्‍जशीरमा सञ्‍चार अवरुद्ध भएपछि २० सर्वसाधारणको हत्या गरेको प्रमाण बीबीसीसँग रहेको जनाइएको छ। 

पञ्‍जशीरको धुलाम्य सडकमा सैन्य पोशाक लगाएको एक जना तालिबमानी लडाकूहरुले घेरिएको फुटेज सार्वजनिक भएको छ। उक्त फुटेजमा केही समयमा बन्दुक पड्किएको र ती सैन्य पोशाक लगाएका व्यक्ति भूइमा बजारिएका थिए। पञ्‍जशीरमा सैन्य पोशाक प्राय: सर्वसाधारणलेसमेत लगाउने गरेका छन्। 

बीबीसीले पञ्‍जशीरमा २० सर्वसाधरणको हत्या भएको प्रमाण फेला पारेको जनाएको छ। जसमा एकजना पसलवाला रहेको पाइएको छ। उनी दुई सन्तानका बुबा हुन्। स्थानीयका अनुसार ती पसलवालाले आफ्नो युद्धसँग कुनै सरोकार नभएको बताएका थिए। 

उनलाई विद्रोही समूहलाई सिम कार्ड बिक्री गरेको आरोपमा पक्राउ गरेका थिए। केही दिनपछि उनको शरीर घर नजिकै गाडिएको पाइएको थियो। उनलाई यातना दिएर मारिएको पाइएको छ। 

Laxmi sunrise bank
kumari

अगस्त १५ मा अफगानिस्तान कब्जा गरेको तालिबानले पञ्‍जशीर कब्जा गर्न थप युद्ध लड्नु परेको थियो। हाल तालिबानले उक्त क्षेत्रमा पनि कब्जा गरेको घोषणा गरेको छ। पञ्‍जशीरमा खाना र औषधिको चरम संकट भएको छ। 

प्रकाशित: Sep 13, 2021| 21:56 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।