बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन सकिने

१२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन सकिने

बेलायतका चिकित्सा अधिकारीहरुले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन सकिने बताएका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

लन्डन- बेलायतका प्रमुख चिकित्सा अधिकारीहरुले १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउन सकिने बताएका छन्। 

National life

विद्यालयहरु खुला भएसँगै बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउनुपर्ने माग भइरहेका समयमा चिकित्सा अधिकारीहरले सरकारलाई १२ देखि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाउन सकिने सुझाव दिएका हुन्। 

उनीहरुले भने, 'अहिलेको शंका उपशंकालाई र महामारीको जोखिम कम गर्नका लागि यो नै उपयुक्त निर्णय हो।'

चिकित्सा अधिकारीहरुले एक स्वस्थ बालकका लागि फाइजरको एक डोज खोप लगाउन सकिने र यो अभियान जतिसक्दो चाँडो सुरु गर्नुपर्ने सरकारलाई सुझाएका छन्। 

यो अभियान सुरु भएपछि करिब ३० लाख बालबालिकाहरु कोरोनाविरुद्धको खोप लगाउनका लागि योग्य छन्। उनीहरुलाई विद्यालयमा नै खोप उपलब्ध गराउन सकिने जनाइएको छ। 

Laxmi sunrise bank
kumari

सरकारले पनि यो निर्णय चाँडै कार्यान्वयनमा ल्याउने जनाएको छ। 


प्रकाशित: Sep 13, 2021| 21:40 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।