शनिबार, कात्तिक २९, २०८२

मनिषा कोइराला बेलहिया नाका हुँदै नेपाल आइपुगिन्

अभिनेत्री मनिषा कोईराला आज दिउँसो नेपाल आइपुगेकी छन्।
 |  मंगलबार, जेठ २०, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २०, २०७७

भैरहवा– अभिनेत्री मनिषा कोईराला आज दिउँसो नेपाल आइपुगेकी छन्।

National life

उनी बुवा प्रकाश कोइराला र आमा सुष्मा कोइरालासँगै रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल प्रवेश गरेकी हुन् । 

'उहाँ बेलहिया हुँदै नेपाल प्रवेश गर्नुभएको हो। आइसकेपछि कहाँ जानुभयो जानकारी भएन,' रुपन्देहीको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले भने।

लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्न सरकारले गरेको निर्णयलाई समर्थन गरेपछि अभिनेत्री मनीषा कोइरालाबारे नेपाल र भारत दुवैतर्फ थप चर्चा भइरहेको छ।

विशेषगरी उनको अभिव्यक्तिलाई लिएर भारतीय सञ्चारमाध्यमहरूले गरेको आलोचनाप्रति नेपालीहरूले सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए।
नेपालीहरूले कोइरालाको मतप्रति ऐक्यबद्धता जनाइरहँदा भारतीयहरूले भने उनलाई बलिउड अभिनेत्री भएर नेपालको पक्ष लिएको भन्ने लान्छना लगाएका छन्।

Laxmi sunrise bank
kumari

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको ट्वीटलाई रिट्वीट गर्दै अभिनेत्री कोइरालाले लेखेकी थिइन्, 'हाम्रो सानो मुलुकको स्वाभिमान राख्नुभएकोमा धन्यवाद। अब हामी सबै तीनवटै महान् देशहरूबीचको शान्तिपूर्ण र सम्मानजनका वार्ताको अपेक्षा गर्छौँ।'

प्रकाशित: Jun 02, 2020| 21:27 मंगलबार, जेठ २०, २०७७
प्रतिक्रिया दिनुहोस्