बुधबार, फागुन २७, २०८२

अमेरिकामा आयोजित 'हिन्दुविरोधी सम्मेलन' मा के भयो ?

'डिस्मेन्टलिङ ग्लोबल हिन्दुत्व' नाम गरेको यो सम्मेलनलाई हिन्दुत्वप्रति घृणा फैलाउनका लागि आयोजना गरिएको बताइएको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

वाशिङ्टन- अमेरिकामा हिन्दुत्वको विषयमा भएको एक सम्मेलन विवादकाबीच आइतबार सकिएको छ। सामाजिक सञ्‍जालमा यस सम्मेलनको समर्थन र विरोधमा विभिन्‍न टिकाटिप्पणीहरु भइरहेका छन्। 'डिस्मेन्टलिङ ग्लोबल हिन्दुत्व' नाम गरेको यो सम्मेलनलाई हिन्दुत्वप्रति घृणा फैलाउनका लागि आयोजना गरिएको बताइएको छ। 

National life

तर, सम्मेलनको आयोजकले भने आफ्नो आवाज दबाउनका लागि र सम्मेलनमा सहभागी एकेडेमिक व्यक्तित्वहरुलाई तर्साउनका लागि यसको विरोध सुरु गरिएको बताएको छ। तर, विरोध गर्नेहरुले यो सम्मेलन राजनीतिबाट प्रेरित भएको र विश्वस्तरमा हिन्दु धर्मको छविलाई खराब गर्नका लागि सम्मेलन आयोजना गरिएको बताएका छन्। 

सेप्टेम्बर १० देखि १२ सम्म अनलाइनमार्फत भएको यो सम्मेलनमा अमेरिका, बेलायत र युरोपका ५३ विश्वविद्यालयका ७० भन्दा बढी केन्द्र, इन्स्टिच्युट, कार्यक्रम र एकेडेमिक विभागबाट समर्थन रहेको थियो। यस कार्यक्रमलाई अमेरिकाको हार्वर्ड, स्टेनफोर्ड, प्रिन्सटन, कोलिम्बिया, बर्क, युनिर्भसिटी अफ सिकागो, युनर्भिसिटी अफ पेन्सलभानियाजस्ता विश्वविद्यालयहरुले सहयोग र समर्थन गरेका थिए। 

यस सम्मेलनमा सहभागी हुनका लागि १० हजारभन्दा बढीले आफ्नो नाम दर्ता गराएको र करिब सात हजार मानिसहरु सहभागी भएको आयोजकले दाबी गरेको छ। सम्मेलनमा सहभागी प्रन्सटन युनिभर्सिटीमा इतिहासका प्रोफेस ज्ञान प्रकाशले बीबीसीलाई भने, 'यस कार्यक्रमको उद्देश्य हिन्दुत्वको विविधता र यसको असरको विश्लेषण गर्नु रहेको थियो। भारतमा विभिन्‍न धर्म, अल्पसंख्यक, दलित, महिलालगायतमा हिन्दु धर्मको असरबारे सम्मेलनमा विश्लेषण गरिएको छ।'

विश्वभर हिन्दुको प्रसार भइरहेको समयमा विश्वस्तरमा यसले कस्तो असर गर्ला भन्‍ने विषयमा उक्त सम्मेलनमा छलफल भएको उनले बताए। आयोजकले अमेरिकामा हिन्दुत्वसम्बन्धी यो पहिलो सम्मेलन भएको दाबी गर्दै सम्मेलनमा विशिष्ठ शिक्षाविद् तथा अनुसन्धानकर्ताहरु सहभागी भएको दाबी गरेको छ। 

Laxmi sunrise bank
kumari

सम्मेलनमा ग्लोबल हिन्दुत्व के हो, हिन्दुत्वको राजनीतिक अर्थव्यवस्था, जाति र हिन्दुत्व, हिन्दुत्वको लैंगिक तथा यौनिक राजनीतिक, हिन्दुत्वको प्रोपोगाण्डा र डिजिटल इकोसिस्टमका विषयमा छलफल भएको बताइएको छ। 

सामाजिक सञ्‍जालमा चर्को विरोध

यस सम्मेलनको सामाजिक सञ्‍जालमा चर्को विरोध भयो। आयोजकले सम्मेलनविरुद्ध सञ्‍चालन गरिएको विरोध अभियानसँगै विरोधीहरुले अनलाइनमार्फत सम्मेलनमा सामिल विश्वविद्यालयको सर्भर जाम गरिएको आरोप लगाएको छ। 

भारतमा रहेका हिन्दुवादी समूहका कार्यकर्ता र अमेरिकामा रहेका हिन्दू समूहले पनि यस सम्मेलनको चर्को विरोध गरेका छन्। हिन्दु अमेरिकन फाउन्डेसनले यस सम्मेलनविरुद्ध व्यापक अभियान चलाएको थियो। 

यसको विरोधको उद्देश्यबारे एचएएफका संस्थापक सुहाग शुक्लाले भने, 'हिन्दु कार्यकर्ताविरुद्ध उनीहरुले दशकौंदेखि अभियान चलाइरहेका छन्। हाम्रो चिन्ता हिन्दुको छविका लागि मात्र होइन कि स्वतन्त्र भनिएका एकेडेमीहरुले पनि विभाजनकारी तथा घृणा फैलाउने अभिव्यक्ति दिएका छन्। राजनीतिक सक्रियावादसँग मिलेको अवस्थामा उदार शिक्षा व्यवस्थामा कस्तो असर पर्ला भन्‍ने हाम्रो चिन्ता हो।'

शिक्षाको उद्देश्य विद्यार्थीहरुलाई विभिन्‍न विचारहरुलाई सम्झिने र सबैलाई समान व्यवहार गर्न सिकाउने भए पनि अहिले विश्वविद्यालयहरुले नै हिन्दुविरुद्धको अभियानमा सामेल भएकोप्रति उनले आपत्ति जनाए। 

प्रकाशित: Sep 13, 2021| 20:57 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।