बुधबार, असोज २१, २०८३

गायिका माझीको अवस्था बुझ्न स्याङ्जा प्रशासनलाई पत्र, माइतीघर पुग्यो प्रहरी

'प्रहरीले नागरिकका सम्बन्धमा सोधीखोजी गर्नु सामान्य हो। गायिका माझी माइतीघर नआएको वर्षौँ भइसकेको आफन्तबाट बुझिएको छ,' एसपी बोगटीले भने, 'अन्य आफन्तकोमा सोधीखोजी गर्ने विषयमा भने उजुरी परे प्रक्रिया अघि बढाउन सकिन्छ।'
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- गायिका विष्णु माझीको अवस्था बुझ्न स्याङ्जा प्रहरी उनको माइतीघर पुगेको छ। राष्ट्रिय मानव अधिकार आयोगले गायिका माझीको अवस्थाबारे बुझ्न जिल्ला प्रशासन कार्यालय, स्याङ्जालाई पत्र काटेपछि प्रहरी उनको माइतीघर चापाकोट पुगेको हो। 

सामाजिक सञ्जालमा भएका टीकाटिप्पणी, राष्ट्रिय मानव अधिकार आयोगको पत्रपछि प्रहरी गायिका माझीको माइतीघर पुगेको स्याङ्जाका एसपी होविन्द्र बोगटीले जानकारी दिए। 'प्रहरीले नागरिकका सम्बन्धमा सोधीखोजी गर्नु सामान्य हो। गायिका माझी माइतीघर नआएको वर्षौँ भइसकेको आफन्तबाट बुझिएको छ,' एसपी बोगटीले भने, 'अन्य आफन्तकोमा सोधीखोजी गर्ने विषयमा भने उजुरी परे प्रक्रिया अघि बढाउन सकिन्छ।'

यो वर्ष तीजमा रुचाइएको गीत 'चरी जेलैमा' सार्वजनिक भएपछि गायिका विष्णु माझीलाई फेरि एकपटक सामाजिक सञ्जालले खोजी गरेको थियो। समाजिक सञ्जालमा गरिएको खोजी र गायिका माझीको अवस्थाबारे मिडियामा समेत कभर भएको थियो। सञ्चारमाध्यमले पुनः झस्काएको गायिका माझीको खोजीमा राष्ट्रिय मानव अधिकार आयोगले चासो व्यक्त गर्दै उनको अवस्थाबारे बुझ्न स्याङ्जा प्रशासनलाई पत्र काटेको थियो। प्रशासनले उक्त पत्र प्रहरीलाई पठाएपछि माझीको माइतीघरमा प्रहरीले सोधीखोजी गरेको बोगटीको भनाइ छ। 

यसअघि पनि स्याङ्जा प्रशासनले गायिका माझीको खोजी गरेको थियो। त्यसबेला गायिका माझी आफैँ उपस्थित भएर आफू कुनै करकापमा नपरेको र आफ्नै ईच्छाले सार्वजनिक नभएको बयान दिएकी थिइन्। 

लामो समयदेखि सार्वजनिक नभइकन गीत ल्याएर दर्शक/स्रोता झस्काइरहने माझी उनका पति सुन्दरमणि अधिकारीको सम्पर्कमा पुगेपछि सार्वजनिक हुन छोडेको बताइन्छ। गीत गाउन जाँदा पनि स्टुडियोमा उनी तस्बिर खिचाउन मान्दिनन्। उनले धेरै पहिले खिचाएका तस्बिर मात्र सार्वजनिक छन्। माझी र अधिकारीबीच विवाह हुनुअघि नै 'लिभिङ टुगेदर'मा बसेको र पछि पोखरामा विवाह गरेको अधिकारी निकटका आफन्तहरू बताउँछन्। 

प्रकाशित: Sep 13, 2021| 20:33 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।