बिहीबार, वैशाख ३१, २०८३

संगीतकार जोडी साजिद–वाजिदका वाजिद खानको निधन

बलिउडको प्रसिद्ध संगीतकार जोडी साजिद–वाजिदका वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ।
 |  सोमबार, जेठ १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १९, २०७७

नयाँ दिल्ली– बलिउडको प्रसिद्ध संगीतकार जोडी साजिद–वाजिदका वाजिद खानको ४२ वर्षको उमेरमा निधन भएको छ।

National life

'दबंग’, 'वांटेड’ जस्ता सलमान खान अभिनित फिल्ममा दिएको संगीतकालागि चर्चित गायक एवम् संगीतकार वाजिद खान पछिल्लो समय मिर्गौलाको समस्याबाट पीड़ित थिए। उनको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए। हिजै उनको कोरोना परीक्षण पनि पोजिटिभ आएको थियो ।

वाजिद संगीतका कारण प्रख्यात भए पनि उनी गायक साथै गीतकार पनि थिए। उनले सलमान खानको फिल्म हेलो ब्रदरमा संगीत निर्देशनका साथै गीत पनि लेखेका थिए।

उनले लेखेको गीत ‘हटा सावन की घटा‘ भारतमा लोकप्रिय भएको थियो।

वाजिद खानले 'दबंग', 'वांटेड', 'वीरु', 'नो प्रोब्लम', 'गड तुस्सी ग्रेट हो', 'पार्टनर' लगायतका फिल्ममा गीत गाएका छन्। त्यस्तै साजिद-वाजिदको जोडीले 'एक था टाइगर', 'दबंग', 'दबंग २', 'दबंग ३', 'पार्टनर', 'सन अफ सरदार', 'राउडी राठौर', 'हाउसफुल २' लगायतका फिल्ममा सगीत दिएको छ।

 

प्रकाशित: Jun 01, 2020| 14:47 सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्