मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

'तराईमा फैलन सक्छ सलह'

भारतका पञ्जाब, हरियाणा, राजस्थान, उत्तरप्रदेश तथा उत्तरखण्डमा फैलिएकाे सलह नेपालमा प्रवेश गर्ने सम्भावना प्रबल रहेकाे विज्ञ बताउँछन्।
 |  शनिबार, जेठ १७, २०७७
nespernesper

महेश्वर आचार्य

महेश्वर आचार्य

शनिबार, जेठ १७, २०७७

कोरोना भाइरस महामारीका बेला भारतका केही राज्यमा सलहले बाली सखाप पारिरहेको छ। यो किराकाे बथानले भारतका पाँच लाख हेक्टर क्षेत्रफलमा लगाएको मकै, गहुँ, तोरी, कपास, मसलाबाली खाइदिएको छ। पञ्जाब, हरियाणा,राजस्थान, उत्तरप्रदेश तथा उत्तराखण्डमा बढी क्षति गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

triton college

भारतमा मध्यपूर्व हुँदै पाकिस्तानबाट सलह आएको बताइएको छ। सीमावर्ती उत्तर प्रदेश र उत्तराखण्डमा प्रवेश गरिरसकेको सलह नेपालमा आउने सम्भावना प्रबल छ।

सलह प्रवेश गर्‍याे भने पहिलो चरणमा कञ्चनपुरदेखि दार्चुलासम्मको बाली सखाप पार्ने निश्चित छ। यसको औसत यात्रा दिनमा झन्डै एक सय ५० किलोमिटरसम्म हुन्छ।

सलहको गतिविधि मौसममा भर पर्ने प्राणीशास्त्री डा. ईशान गौतम बताउँछन्। उनका अनुसार प्रत्येक मनसुनमा सलह देखिँदै आएको हुँदा नेपालमा पनि प्रवेश गर्ने सम्भावना पर्याप्त छ।

‘नआए त राम्रै हो तर आउँदैन भनेर ढुक्क हुने अवस्था छैन’, प्राणीशास्त्रका सहप्राध्यापक डा. गौतम भन्छन्, ‘त्यसका लागि समुदायलाई सचेत बनाउँदै स्थानीय स्तरमा टोली बनाएर तयारी अवस्थामा राख्नुपर्छ।’

Metro Mart
vianet

विश्व सलहमुक्त नहुन्जेल सजग भइरहनुपर्ने बागवानीविद् शिवबहादुर नेपाली बताउँछन्। ‘एफएओले मध्यपूर्वमा दसौं वर्ष लगाएर सलह नियन्त्रण गरेको थियो। कतै बाँकी बिउबाट फेरि यसको संख्या बढेको हो,’ नेपाली भन्छन्, ‘सीमावर्ती राज्यमा बाली विनाश गरिरहेकाे सलह नेपालको तराईमा छिट्टै फैलिन सक्छ।’

के हो सलह ?

सलह कराेडाैंकाे समूहमा उड्ने फट्याङग्रा प्रजातिको किरा हो। यसको पछाडिको खुट्टा मोटो हुन्छ। मरुभूमि क्षेत्रमा पाइने किरा भएकाले उच्च तापक्रम अर्थात् ४० देखि ४५ डिग्री सेल्सियससम्म बाँच्छ र यो तापक्रममै यो बढी सक्रिय हुन्छ। त्रिवि प्राणीशास्त्रका सहप्राध्यापक प्रेमबहादुर बुढाले भने, ‘२० डिग्रीभन्दा कम तापक्रम भयो भने याे सक्रिय हुँदैन।’

समूहमा बस्ने यो किराले साथीको नक्कल गर्ने गर्दछ। ‘एउटाले जे गर्‍यो अर्कोले त्यही गर्ने बानी हुन्छ। भेडाले अगुवाको नक्कल गरेजस्तै यसले पनि साथीको नक्कल गर्छ’, बुढाले भने।  दिउँसो सक्रिय हुने सलह तापक्रम बढेमा राति पनि सक्रिय हुन्छ।

सलह पचासौं किलोमिटरसम्म लाममा उड्छ। ‘हावा जता जान्छ यो पनि त्यतै जान्छ। वयश्क सहलले एकै पटकमा सय दुई सय किलोमिटर यात्रा गर्न सक्छ’ उनले भने। एउटा समूहले ३५ हजार मान्छेको खान्की खाइदिन सक्छ।

सलहले एकैपटक ६० देखि ८० वटा अण्डा पार्छ। जीवनकालमा यसले तीन पटकसम्म अण्डा पार्छ। अण्डाबाट निस्केको एक महिनादेखि वयश्क हुन्छ। ६० देखि ७० दिन भएपछि अण्डा पार्न थाल्छ।

यसको आयु चारदेखि पाँच महिनासम्मको हुन्छ। विभिन्न अध्ययनअनुसार यसले दस दिनमा पाँच हजार किलोमिटरसम्म यात्रा गर्छ। यस्तै पाँचदेखि सात हजार फिटमाथिसम्म उडेको पुष्टि भएको विज्ञ बताउँछन्।

समुद्री छेउ, जहाँ यसको प्रकोप रहेको हुन्छ, त्यस्ता ठाउँमा आउने समुद्री आँधीले यसलाई परपरसम्म पुर्‍याइदिन्छ। एक किलोमिटरमा चारदेखि आठ करोडसम्म सलह हुन्छन्। एक किलोमिटरमा हुने सलहले ३५ हजार मान्छेको खान्की एकै दिनमा खाइदिने विज्ञ बताउँछन्। ‘यसले भए भरको सबै बाली ठुटै पारेर खाइदिन्छ,’ नेपाली भन्छन् ।

यसको सक्रियता जेठदेखि असोजसम्म देखिन्छ । तर जलवायु परिवर्तनका कारण मनसुनी समय परिवर्तन हुँदा यो किराको जीवनचक्र पनि फेरिँदै गएको छ। यसले मान्छे र जनावरलाई आक्रमण गरेको भेटिएको छैन। साथै, कुनै संक्रामक रोग पनि सार्दैन।

जानकार भन्छन्, काठमाडौंमा तारेर खाइयो

काठमाडौंमा २००३/४ सालमा र २०१९ सालमा सलह आएको जानकार बताउँछन्। ‘२००३/४ सालतिर नेपालमा सलह आएको थियो। म दसएघार वर्षको थिएँँ,’ बागवानीविद् शिवबहादुर नेपाली सम्झन्छन्, ‘त्यतिखेर सलहलाई कराईमा तारेर बाटोबाटोमा बेच्न राखेका थिए। मैले पनि खाएको थिएँ।’

अर्का प्राणीशास्त्री प्रेमबहादुर बुढाले २०१९ मा नेपालमा पनि सलह आएको पढेको बताए। ‘त्यतिखेर के कति क्षति गर्‍यो भन्ने अभिलेखचाहिँ पाएको छैन,’ उनले भने ।

साउदी अरेबियाले सलहलाई बियरसँग खाने स्न्याक्सका रुपमा विकास गरिरहेको नेपालीले बताए। भारत, चीनमा पनि सलह तारेर खाने गरिन्छ।

‘सलहमा प्रोटिन, फ्याट, जिंक, प्रोटिन, क्याल्सियमको मात्रा बढी हुने हुँदा यसलाई खाँदा हानि गर्दैन तर यसको पछाडिको खुट्टा नगल्ने हुँदा त्यो खानु हुँदैन’, प्राणीशास्त्री डा. गौतम भन्छन्।

गौतमका अनुसार यो मान्छे तथा प्राणी दुवैले खान हुन्छ तर विषादी प्रयोग भएको चाहिँ हुनु भएन। ‘सलहको पेटमा भएको स्टेराइलले मुटुका बिरामीलाई फाइदा पुग्ने प्रमाणित भइसककेको छ,’ डा. गौतम भन्छन्, ‘कुखुरा तथा माछाको दाना बनाउन पनि प्रयोग गर्न सकिन्छ।’

कसरी नियन्त्रण गर्ने ?

सलह नियन्त्रणको पहिलो उपाय विषादी नै हो। नीमको पात, गुँड, धुर, गुइँठा, जडिबुटी बालेर धुवाँ पारिदिँदा पनि सलह भाग्ने विज्ञ बताउँछन्। रुख र बारीमा बसेका बेला राति ठूलाठूला जाली बनाएर संकलन गरेर पनि यसलाई नियन्त्रण गर्न सकिन्छ।

सलहको अथाह संख्या नै तनावको कुरा भएको उनी बताउँछन्। ‘थोरै हुन्थे भने जसरी पनि व्यवस्थापन गर्न सकिन्थ्यो होला तर साह्रै धेरै हुने भएकाले विषादीबाहेकको उपायबाट व्यवस्थापन गर्न सकिन्न,’ बुढा भन्छन्, ‘विदेशमा हवाईजहाजबाट विषादी छर्छन् भने भारतमा ठूला ट्याक्टरमा विषादी हालेर छर्दै हिँड्छन्। साना मेसिनले छर्केर त साध्य नै लाग्दैन।’ 

सलह नियन्त्रणका लागि मालाथिएन, फेनिट्रोथिएनलगायत विषादी प्रयोग गरिन्छ।

एफओए भन्छ, नेपालमा आउने सम्भावना छैन

विश्व खाद्य संगठन (एफएओ) को सलह निगरानी निकायले नेपालमा सहल पुग्न नसक्ने अनुमान गरेको छ। एफएओले गत बुधबार नेपालसहित बांग्लादेश तथा दक्षिण भारतमा सलह पुग्न नसक्ने बताएको हो।

सलहको गति, संख्या तथा वायुको वहावका आधारमा सलह कता जान्छ भनेर एफएओले निगरानी गरिरहेको छ।

प्रकाशित: May 30, 2020| 16:00 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।