मंगलबार, असार ३०, २०८३

फेडेरर विश्वमै धेरै कमाउने खेलाडी : फोर्ब्स

लियोनेल मेस्सीलाई पछि पार्दै टेनिस खेलाडी रोजर फेडेरर विश्वमै धेरै कमाउने खेलाडी बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको धनी खेलाडीको सूचीमा फेडरर पहिलो नम्बरमा देखिएका हुन्।
 |  शनिबार, जेठ १७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १७, २०७७

लियोनेल मेस्सीलाई पछि पार्दै टेनिस खेलाडी रोजर फेडेरर विश्वमै धेरै कमाउने खेलाडी बनेका छन्। फोर्ब्सले सार्वजनिक गरेको धनी खेलाडीको सूचीमा फेडरर पहिलो नम्बरमा देखिएका हुन्।

३८ वर्षे फेडेरर ८६.२ मिलियन पाउन्ड वार्षिक रकम आर्जन गरेसँगै चार स्थान माथि उक्लिएका छन्। उनले पछिल्लो साल ८१ मिलियन आर्जन गरेका थिए।

गत वर्ष फोर्ब्सले सार्वजनिक गरेको सूचीमा अर्जेन्टिनी फुटबल खेलाडी लियोनल मेस्सी शीर्ष स्थानमा थिए। तर, यो वर्ष उनी दुई स्थान तल पुगेका छन्।

मेस्सीलाई पछि पार्दै अर्का विश्वचर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा छन्। उनको वार्षिक आय ८५ मिलियन पाउन्ड रहेको फोब्र्सले बताएको छ।

त्यस्तै, तेस्रो स्थानका मेस्सीको आय ८४ मिलियन पाउन्ड छ भने चौथो स्थानमा ब्राजिलियन फुटबलर नेयमारले वार्षिक ७७.५ मिलियन पाउन्ड कमाउँछन्।

धेरै कमाउने खेलाडीको पाँचौं स्थानमा अमेरिकी बास्केटबल खेलाडी लिब्रोन जेम्स छन्। उनको वार्षिक आय ७१.५ मिलियन पाउन्ड छ।

महिला खेलाडीमा जापानकी ओसाका

विश्वकै धेरै आर्जन गर्ने टेनिस खेलाडी महिला मारिया सरापोमा थिइन्। उनको आय सन् २०१५ मा २९.७ मिलियन अमेरिकी डलर थियो।

सन् २०१५ पछि भने सेरेना विलियम्स धेरै कमाउने महिला खेलाडीका रुपमा रहँदै आएकी थिइन्। तर, जापानी खेलाडी नाओमी ओसाकाले सरापोवालाई जितेकी छन्। उनले ३७.४ मिलियन डलर आर्जन गर्दै सरापोवालाई पछि पारेकी छन्।

फोर्ब्सका अनुसार ओसाकाको साथमा ३.४ मिलियन पुरस्कार रकम र ३४ मिलियन समर्थन रकम छ।

२२ वर्षीय ओसाकाको सन् २०१८ को युएस ओपन र सन् २०१९ को अस्ट्रेलिया ओपन जितेपछि खेलमा स्टारडम बढेको थियो। साथै उनी टेनिसमा विश्वको नम्बर वान बनेकी एसियाकी पहिलो खेलाडी पनि हुन्।

एजेन्सी

प्रकाशित: May 30, 2020| 09:18 शनिबार, जेठ १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।