शनिबार, कात्तिक २९, २०८२

लकडाउनमा फसेकाको उद्धार गर्न सोनु सुदले गरे जहाज चार्टर्ड

लकडाउनका क्रममा फसिरहेका भारतीय नागरिकहरुलाई बलिउड अभिनेता सोनु सुदले विभिन्न ठाउँबाट उद्धार गरी सहयोग गरिरहेका छन्।
 |  शुक्रबार, जेठ १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १६, २०७७

एजेन्सी- लकडाउनका क्रममा फसिरहेका भारतीय नागरिकहरुलाई बलिउड अभिनेता सोनु सुदले विभिन्न ठाउँबाट उद्धार गरी सहयोग गरिरहेका छन्।

National life

दक्षिण भारतका विभिन्न सहरबाट सुदले थुप्रै भारतीयहरुलाई उद्धार गरी घर पठाएका हुन्।

केरलामा एक कम्पनीमा काम गर्ने १ सय ७० जना महिला कामदारलाई सुदले शुक्रबार जहाज चार्टर्ड गरी घर पठाएका छन्।

उनीहरु गत मार्चदेखि त्यहाँ फसिरहेका थिए। कोरोना भाइरस संक्रमणले महामारीको रुप लिएपछि जारी लकडाउनका कारण भारतमा सयौँ कामदारहरुले पैदल यात्रा घरेर घर फर्किएका छन्।

खाना र पानीबिनै सयौँ माइलको यात्रामा निस्किएका कतिपय व्यक्तिले यात्राकै क्रममा ज्यान गुमाएका छन्।

Laxmi sunrise bank
kumari

शुक्रबार सुदले जहाज चार्टर गरेर पठाएका महिलाहरु ओडिशा राज्यको भुवेनेश्वरका हुन्। उनीहरु कोचिनबाट जहाज चढेर प्रस्थान गरेका छन्।

उनीहरुलाई विमानस्थलबाट घर पुग्नका लागि पनि बसको व्यवस्था गरिएको थियो।

सुदले गत अप्रिलदेखि नै सयौँ बसमा नागरिकहरुको उद्धार गरिरहेका छन्। त्यसका लागि आवश्यक खर्च उनले व्यत्तिगत रुपमै व्यहोरेका छन्।

 

प्रकाशित: May 29, 2020| 15:42 शुक्रबार, जेठ १६, २०७७
प्रतिक्रिया दिनुहोस्