लन्डन- कोरोना भाइरसको डेल्टा भेरियन्ट सुरु भएपछि इङ्ल्यान्ड र उत्तरी आइरल्यान्डमा आउने करिब एक तिहाइ मानिसहरुले क्वारेन्टाइनको नियम उल्ल्घंन गरेको बीबीसीले जनाएको छ।
बीबीसीले गरेको एक अध्ययनका अनुसार सन् २०२१ को मार्चदेखि मेसम्म तीन लाखभन्दा बढी मानिसहरुले क्वारेन्टाइनको नियम उल्लंघन गरेका छन्। सरकारले भने क्वारेन्टाइनको नियम उल्लंघन गर्नेहरु को-को हुन् भनेर अझै पहिचान गर्न सकेको छैन।
गृह कार्यालयका अनुसार घर फर्किने अधिकांश यात्रुहरुले क्वारेन्टाइनको नियम उल्लंघन गरेका छन्। लेबर पार्टीका छाया गृहमन्त्री निक थोमस-साइमोन्डले बीबीसीको तथ्यांक हेर्दा सरकारले सीमा नीतिमा पूर्ण लापरबाही गरेको र निकै त्रासपूर्ण अवस्था सिर्जना हुने बताएका छन्।
उनले गृह मन्त्रालयले पूर्ण लापरबाही गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो कोभिड-१९ विन्टर प्लान' सार्वजनिक गर्नुअघि लेबर पार्टीले सरकारले लापरबाही गरेको आरोप लगाएका हुन्।
प्रधानमन्त्री जोन्सनले सामान्य अवस्थामा फर्किनका लागि कोरोना भाइरविरुद्धको खोप अनिवार्य भएको बताएका छन्।