शनिबार, कात्तिक २९, २०८२

शिवन पोखरेलको निर्देशनमा राष्ट्रिय गीत

संगीत क्षेत्रका चर्चित निर्देशक शिवन पोखरेलको निर्देशनमा ‘फिर्ता गर हाम्रो भूमि’ शीर्षकको गीत सार्वजनिक भएको छ।
 |  मंगलबार, जेठ १३, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १३, २०७७

काठमाडौं- संगीत क्षेत्रका चर्चित निर्देशक शिवन पोखरेलको निर्देशनमा ‘फिर्ता गर हाम्रो भूमि’ शीर्षकको गीत सार्वजनिक भएको छ।

National life

नेपाली भूमिमा भारतले सडक विस्तार गरेपछि नेपाली भूमिमाथिको हस्तक्षेप बन्द गर्न भारतलाई दबाब दिन र नेपाली जनतामा जागरुकता ल्याउन उक्त गीत लकडाउनकै बीच सार्वजनिक गरिएको हो।

कोरोना भाइरसको महामारीका बीच मुलुक लकडाउन भइरहेका बेला यस्ता जागरण गीतहरु सार्वजनिक भइरहेका छन्।

रिजन नेपालको युटुब च्यानलमार्फत् सार्वजनिक भएको गीतमा नेत्र भण्डारी, कृष्ण केसी, मीना लामा र सीता केसीको स्वर रहेको छ।

त्यस्ते प्रेम कटुवालको शब्द र कृष्ण केसीको संगीत र एरेन्ज रहेको छ।

Laxmi sunrise bank
kumari

गीतमा शिवन पोखरेल, सिताराम पोखरेल, शेरबहादुर डिसी, कृष्ण कंडेल, सिडी विजयी अधिकारी, अनिता वस्नेत लगायत थुप्रै कलाकारलाई फिचरिङ गरिएको छ।

गीतको छायांकन शुरेश श्रेष्ठले गरेका हुन् भने क्रान्ति केसीले सम्पादन गरेका छन्।

 

प्रकाशित: May 26, 2020| 19:19 मंगलबार, जेठ १३, २०७७
प्रतिक्रिया दिनुहोस्