बिहीबार, वैशाख ३१, २०८३

कोरोनाबीच सञ्जीवको प्रेमिल गीत

कोरोना भाइरस अर्थात् कोभिड-१९ को प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ। नयाँ संक्रमित बिरामीको संख्या पनि बढिरहेको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं- कोरोना भाइरस अर्थात् कोभिड-१९ को प्रभाव दिनानुदिन बढ्दै गइरहेको छ। नयाँ संक्रमित बिरामीको संख्या पनि बढिरहेको छ।

National life

स्रष्टाहरुले कोरोनाबाट बच्नका लागि नयाँ सिर्जनाहरु दर्शक तथा श्रोतामाझ ल्याइरहेका छन्। तर गायक सञ्जीव पराजुली भने यस मामिलामा फरक देखिएका छन्। उनले कोरोनालाई नजोडिकन माया प्रेमको गीत ‘छैन मलाई पीर’ को भिडियो लिएर आएका छन्।

डान्सिङ नम्बरको गीतमा दीपक शर्माको शब्द र संगीत छ। भिडियोमा कुसुम गुरुङ, नाजिर हुसेन, गायक सञ्जीव पराजुली, सुनिता मगर, कोपिला बुढाथोकी र कपिल मगर फिचर्ड छन्। गीतमा मोहित मुनालको एरेन्ज छ।

ग्रामीण परिवेशको लोकेसनमा छायांकन गरिएको गीतमा कुसुमलाई मनमनै मन पराएर उनीसँग नाँचेको कल्पना गर्ने नाजिर त्यतिबेला झसंग हुन्छन्, जतिबेला कुसुमको इन्गेजमेन्ट सञ्जीवसँग हुन्छ। भिडियोमा सञ्जीव र नाजिरलाई दाजुभाइका रुपमा देखाइएको छ।

एलिन श्रेष्ठ निर्देशित भिडियोमा प्रशान्त तामाङको कोरियोग्राफी, उत्तम हुमागाईंको छायांकन र लोकेश बज्राचार्यको कलर करेक्सन तथा सम्पादन छ।

यो भिडियो गायक पराजुलीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

सञ्जीवको स्वरमा रहेका गीतहरु ‘नाइँ मलाई थाहा छैन’, ‘किन कर्के नजर’, ‘हिट हिट गीत’ लगायतका गीतहरु दर्शकले रुचाएका छन्।

 

प्रकाशित: May 25, 2020| 16:00 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्