शुक्रबार, साउन ८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • विश्व चर्चित पप गायिका ब्रिट्‍नी जिन स्पेयर्सले गरिन् इन्गेजमेन्ट

विश्व चर्चित पप गायिका ब्रिट्‍नी जिन स्पेयर्सले गरिन् इन्गेजमेन्ट

आफ्नो व्यवस्थापक मोन्टगोमेरी नै संरक्षकका रुपमा रहुन् भन्ने चाहने विश्व चर्चित पप गायिका ब्रिट्‍‍नी जिन स्पेयर्सले इन्गेजमेन्ट गरेकी छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं- आफ्नो व्यवस्थापक मोन्टगोमेरी नै संरक्षकका रुपमा रहुन् भन्ने चाहने विश्व चर्चित पप गायिका ब्रिट्नी जीन स्पेयर्सले इन्गेजमेन्ट गरेकी छन्। उनले आफ्ना प्रेमी सैम असघरीसँग इन्गेजमेन्ट गरेकी हुन्।

आफ्ना पिताको नियन्त्रणबाट मुक्त भएलगतै गायिकाले आइतबार सामाजिक संजालमा इन्गेजमेन्टको औठी देखाउँदै एक भिडियो पोष्ट गरेकी छन्। इरानका २७ वर्षीय  सैमसँग ब्रिट्नी सन् २०१६ मा एकसाथ देखिएकी थिइन्।

इन्गेजमेन्टको खुसिमा ब्रिट्नी स्पेयर्सले आफूले यो कुरा विश्वास गर्न नसकिरहेको समेत उल्लेख गरेकी छन्। स्पेयर्सकी आमाले पनि दुबैलाई शुभकामना दिएकी छन्। शुक्रबार पनि सैमले ब्रिट्नीसँगको एउटा तस्वीर पोष्ट गरेका थिए। तर, उक्त तस्वीर तुरुन्तै हटाउँदै सैमले आफ्नो इन्स्टाग्राम एकाउन्ट ह्याक भएको उल्लेख गरेका छन्।

प्रकाशित: Sep 13, 2021| 12:15 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।