बुधबार, असोज २१, २०८३

गीतमा 'तोरी खायो मौरीले' भन्दा आपत्ति, सच्याउन माग

‘हान्छु तिम्लाई लौरी’ले बोलको गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोमा मौरीपालक किसानले आपत्ति जनाएका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– ‘हान्छु तिम्लाई लौरी’ले बोलको गीतमा ‘तोरी खायो मौरीले’ शब्द प्रयोग भएकोमा मौरीपालक किसानले आपत्ति जनाएका छन्। 

उक्त वाक्यांशप्रति नेपाल मौरीपालक महासंघले विज्ञप्ति जारी गरी आपत्ति जनाएको हो। 

उक्त शब्दले मौरीपालक किसानलाई दुःखी बनाएको र अन्योलता सिर्जना गरेको महासंघले जनाएको छ। महासंघका अध्यक्ष शिवप्रसाद शर्मा पौडेलले विज्ञप्ति जारी गरी मौरीले तोरीको परागशेचनमा सहयोग गर्नेमा झन् तोरी खायो भनेर गलत सन्देश दिएको जनाउँदै गीतले वैज्ञानिक तथ्य र अरुको अधिकारप्रति खेलवाड गरेको जनाएका छन्।

आफ्नो अधिकार प्रयोग गर्ने नाममा भ्रामक कुरा सार्वजनिक गरेकोमा महासंघले खेद प्रकट गर्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएको छ। साथै गीत सच्याउन पनि माग गरिएको छ। महासंघले तोरीमा मौरी विचरण गर्दा ३० प्रतिशत बढी उत्पादन वृद्धि भएको तथ्य रहेको समेत जानकारी गराएको छ। 

यस्तो छ गीत


प्रकाशित: Sep 13, 2021| 11:31 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।