बुधबार, फागुन २७, २०८२

अब अफगानी कलेजमा पुरुष र महिला पढ्ने अलग अलग कक्षा–कोठा

अफगानिस्तानको तालिबान सरकारले कलेज तथा विश्वविद्यालयमा महिला र पुरुषलाई एउटै कक्षाकोठामा पढ्न पाउने नियम परिवर्तन गर्दै अलग–अलग अध्यापन गराउने नियम ल्याएको छ।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

कावुल (एजेन्सी) – अफगानिस्तानको तालिबान सरकारले कलेज तथा विश्वविद्यालयमा महिला र पुरुषलाई एउटै कक्षाकोठामा पढ्न पाउने नियम परिवर्तन गर्दै अलग–अलग अध्यापन गराउने नियम ल्याएको छ। 

National life

महिला शिक्षासम्बन्धी नयाँ नियम जारी गर्दै तालिबान सरकारले भनेको छ, ‘शिक्षासम्बन्धी हामीले ल्याएको नयाँ नियम घोषण गरिएको छ। यसलाई लागु गराउन सरोकारवाला सबैमा अनुरोध गरिन्छ।’ तालिबानका शिक्षामन्त्री अब्दुल बाकी हक्कानीले महिलालाई पनि विश्वविद्यालयसम्मको पढाइ गर्ने अनुमती दिइएको तर, अध्ययनका लागि आउनेले शर्त पालना गर्नेुपर्ने बताए। उनले नियमबारे जानकारी दिँदै भने, ‘अब महिला र पुरुषका लागि अलग अलग कक्षा कोठाहरु हुनेछन्।’

उनका अनुसार अब अध्ययनका लागि आउने महिलाले अनिवार्य रुपमा हिजाव लगाउनु पर्नेछ। विश्वविद्यालयमा अध्ययन हुने पाठ्यसामग्री पनि चाँडै समीक्षा गरिने उनले बताए। यसअघि तालिबानले कला र संगीत अध्ययनमा प्रतिबन्ध लगाउने बताउँदै आएको थियो।

१५ अगस्टमा अफगानिस्तान कब्जा गरेसँगै तालिबानले महिलाहरुलाई शिक्षा र रोजगारीबाट नरोक्ने बताएका थिए। तर, उनीहरुले १५ अगस्टदेखि सार्वजनिक स्वास्थ्य क्षेत्रमा बाहेक सबै महिलाहरुलाई सुरक्षाको स्थितिमा सुधार नभएसम्म कामबाट टाढा रहन आग्रह गरेका छन्।

तालिबानले अफगानिस्तान कब्जा गर्नुभन्दा पहिले विश्वविद्यालयहरु सह–शैक्षिक थिए। पुरुष र महिलाहरुसँगै अध्ययन गरिरहेका थिए। महिला विद्यार्थीहरुले एकै ड्रेस कोड लगाउनुपर्ने थिएन। तर, हक्कानीले यस नयाँ नियमलाई जनताले स्वीकार गर्ने बताएका छन्। ‘मिश्रित शिक्षा प्रणाली अन्त्य गर्न हामीलाई कुनै समस्या छैन,’ उनले भने,‘जनता मुस्लिम हुन् र उनीहरुले यसलाई स्वीकार गर्नेछन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 13, 2021| 07:31 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।