शनिबार, कात्तिक २९, २०८२

कोहलीले गरे पत्नीको प्रशंसा, भन्छन्- उनी नभए बायोपिक खेल्दिनँ

भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो बायोपिकमा काम गर्न तयार रहेको बताएका छन्। तर, उनका एक सर्त छ- पत्नी अनुश्का शर्मा पनि फिल्ममा उनको साथमा काम गर्ने।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

भारतीय राष्ट्रिय क्रिकेट टिमका कप्तान विराट कोहलीले आफ्नो बायोपिकमा काम गर्न तयार रहेको बताएका छन्। तर, उनको एक सर्त छ- पत्नी अनुश्का शर्मा पनि फिल्ममा उनको साथमा काम गर्ने।

National life

कोहलीले भारतीय फुटबल टिममा कप्तान सुनिल क्षेत्रीसँग इन्स्टाग्राम लाइभको भिडियो च्याटमा यस्तो बताएका हुन्।

अनलाइन कुराकानीमा विराटले जिन्दगीसँग जोडिएका धेरै रहस्यबारे कुरा गरे। विराटले भने, “आज जस्तो छु यसको मुख्य श्रेय अनुश्कालाई जान्छ। म पहिल्यै यस्तो थिइनँ। भित्री मनबाटै भन्छु, प्रत्येक मानिसमा प्रेम बाँड्ने भावना हुन्छ। अनि यस्तो हुन्छ, तपाईंको जिन्दगीमा कोही आएर यो इच्छालाई जन्माइदिन्छन्।”

“मेरो लागि अनुश्का त्यही पल लिएर आएकी छन्। जब मलाई महशुस भयो कि सबै कुरा म भएर मात्र सम्भव छैन। जिन्दगी दोस्रो मान्छेलाई हेर्ने र उनीहरु जसरी बाँच्ने पनि हो,” उनले थपे।

अनुश्काले आफूमा राम्रो बदलाव ल्याएको कोहलीको भनाइ छ। भन्छन्, “म कुन हैसियतमा छु भन्ने कुरा उनले महशुस गराइन्। जसले राम्रो बदलाव ल्याउन सहयोग गरेको छ।”

Laxmi sunrise bank
kumari

अनुश्काले अरु मानिसको बारेमा सोच्न सिकाएको कोहलीले बताए। उनका अनुसार अनुश्कासँग भेट हुनुभन्दा पहिले उनी आत्मकेन्द्रित र आफ्नो कम्फर्ट जोनमा रहन्थे। जब अनुश्कासँग भेटे र प्रेम गर्न थाले, त्यो प्रेमले आफूलाई धेरै काम गर्ने शक्ति दिएको कोहलीको भनाई छ। भन्छन्, “यस्तो अवस्थामा सबैले खुलेर काम गर्नु पर्छ।”

“हाम्रो कुराकानीमा सधैं यस्तै कुरा हुन्छ। आफ्नो बारेमा होइन, अरुको बारेमा सोच्नु पर्छ। अनुश्काले मेरो जीवनमा आएर यस्तो कुरा सिकाइन्,” उनले भने, “यदि कोही मानिस मसँग समस्या लिएर आउँछ र म सहयोग गर्न सक्छु भने म गर्नेछु।”

विराट र अनुश्काले सन् २०१७ मा इटालीमा विवाह गरेका थिए। त्यसमा केवल दुई परिवारका सदस्य मात्रै सहभागी थिए। त्यसको केही समयपछि दुवैले दिल्ली र मुम्बईमा रिसेप्सन (भोज) दिएका थिए।

एजेन्सी

प्रकाशित: May 19, 2020| 12:40 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्