मंगलबार, असार ३०, २०८३

बुन्डेसलिगामा लिभरकुसेनको शानदार जित

एजेन्सी– लिभरकुसेनले जर्मनी बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा वेर्डरलाई लज्जास्पाद हार दिलाएको छ। वेर्डरको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीले ४–१ को गोलअन्तरले हराएको हो।
 |  मंगलबार, जेठ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ६, २०७७

एजेन्सी– लिभरकुसेनले जर्मनी बुन्डेसलिगा अन्तर्गत गएराति सम्पन्न खेलमा वेर्डरलाई लज्जास्पाद हार दिलाएको छ। वेर्डरको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीले ४–१ को गोलअन्तरले हराएको हो।

जितका लागि केइ हवर्टजले २ गोल गरे भने माइकेल वाइजर र करिम भिमिर्बेले १–१ गोल गरेका थिए। त्यस्तै वेर्डरका तर्फबाट थेओडोर गिब्रेले सान्त्वना गोल फर्काए।

खेलको २८ औं मिनेटमा हवर्टजले गोल गर्दै लिभरकुसेनलाई सुरुवाती अग्रता दिलाए। तर त्यसको २ मिनेट नवित्दै घरेलु टोलीका थेओडोरले गोल बराबरीमा ल्याए।

३३ औं मिनेटमा हवर्टजले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए। यसबाहेक पहिलो हाफमा अन्य गोल हुन सकेन। तर दोस्रो हाफमा घरेलु टोलीले पुन २ गोलको समाना गर्नु पर्यो।

वाइजरले ६१ औं मिनेटमा गोल गर्दा लिभरकुसेन ३–१ को अग्रतामा थियो। त्यस्तै भिमिर्बेले ७८ औं मिनेटमा टोलीको लागि अन्तिम गोल गरेपछि ४–१ को जित निश्चित भएको थियो।

जितसँगै लिभरकुसिन लिगको पाँचौ स्थानमा कायम छ। ऊ १ अंकले माथी रहेको आरबी लिइप्जीङ र २ अंकले अगाडि रहेको मोन्चेन्ग्लखबगलाई पछ्याइरहेको छ।

लिभरकुसिन छैटौं स्थानमा रहेको वुल्भ्सवर्गभन्दा ११ अंकले अगाडि छ। यता गएरातिको खेलमा हारको समना गरेको वेर्डर रेलिगेशन जोनमा छ।

प्रकाशित: May 19, 2020| 09:51 मंगलबार, जेठ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।