आइतबार, चैत ८, २०८२

तेस्रो जाँचमा पूर्व फुटबलर रन्जितको कोरोना नेगटिभ

काठमाडौं– राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रन्जित श्रेष्ठको तेस्रो कोरोना टेस्ट नेगेटिभ आएको छ। ११ दिनयता कोरोनाको उपचार गराइरहेका श्रेष्ठको कोरोना टेस्ट आज नेगेटिभ आएको हो।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं– राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रन्जित श्रेष्ठको तेस्रो कोरोना टेस्ट नेगेटिभ आएको छ। ११ दिनयता कोरोनाको उपचार गराइरहेका श्रेष्ठको कोरोना टेस्ट आज नेगेटिभ आएको हो।

National life

वैदेशिक रोजगारीको सिलसिलामा यूएईमा रहेका श्रेष्ठले वैशाख २९ गते सामजिक संजालमा भिडियो पोस्ट गर्दै आफूलाई कोरोना लागेको बताएका थिए। त्यसपछि उनका शुभचिन्तकले उनलाई शुभकामना दिँदै आएका थिए।

विगत ११ दिनबाट कोरोनाको उपचार गराइरहेका श्रेष्ठले आज कोरोना नदेखिएको जानकारी दिएका हुन्। ‘मेरो हिजोको कोरोना टेस्ट नेगेटिभ आएको छ। त्यो मेरो तेस्रो टेस्ट हो।

पहिलो र दोसो टेस्ट पोजेटिभ आए पनि तेस्रोमा म कोरोना नेगेटिभ भएको छु,’ उनले भने, ‘मैले सबैबाट माया र सपोर्ट पाएँ। त्यसैले मलाई क्वारेन्टिनमा हुँदा धेरै सपोर्ट गरेको छ।’

उनले कोरोनाको संक्रमण भएपछि आफूले स्वास्थ्यबारे पाठ सिकेको बताएका छन्। भन्छन्, ‘स्वास्थ्यको जोखिम धेरै भयो भने चाहिँ डर लाग्दो रहेछ। तर डराउनु पर्ने केही पनि छैन। नियमित स्वास्थ्य खानेकुरा खायो भने निको हुने रहेछ।’

Laxmi sunrise bank
kumari

साथै रन्जितले कोरोना लागिहाले सावधानी अपनाउन टिप्स पनि दिएका छन्। भन्छन्, ‘नियमित तातोपानी खाने, बाफ लिने गर्यो भने यसले निको हुन मद्दत गर्छ। त्यस्तै गरम मसाला हलेर तरकारी खाने र खानाको समय नियमित बनाउनाले कोराना बाट मुक्त हुन सकिने रहेछ।’

उनले क्वारेन्टाइनको अवधि अनुशासित रहेको बताएका छन्। तर, उनी अहिले पनि अस्पतालले तोकेको क्वारेन्टिनमा बसिरहेका छन्। लगातार २ वटा टेस्टमा कोरोना नेगेटिभ आएपछि मात्र उनी काममा फर्कने बताउँछन्। र, उनी अबको टेस्ट पनि नेगेटिभ आउनेमा विश्वस्त छन्।

प्रकाशित: May 18, 2020| 21:55 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।