आइतबार, चैत ८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सागका ६८ प्रशिक्षकले पाए पुरस्कार, पेश्की बाँकी रहेकाले अझै पाएनन्

सागका ६८ प्रशिक्षकले पाए पुरस्कार, पेश्की बाँकी रहेकाले अझै पाएनन्

मंसिर १५ बाट २४ गतेसम्म आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता प्रशिक्षकलाई पुरस्कृत गरिएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

काठमाडौं– मंसिर १५ बाट २४ गतेसम्म आयोजित १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता प्रशिक्षकलाई पुरस्कृत गरिएको छ।

National life

प्रतियोगिता सम्पन्न भएको पाँच महिनापछि प्रशिक्षकलाई पुरस्कार वितरण गरिएको हो।

युवा तथा खेलकुद मन्त्रालयले एक सूचना जारी गर्दै प्रशिक्षकलाई पुरस्कार रकम प्रदान गरिएको बताएको छ। १३ औं सागका स्वर्ण जितेका प्रशिक्षकले पाँच लाख, रजत जितेकाले तीन लाख र काश्य जितेका प्रशिक्षकले दुई लाख रूपैयाँ नगद पुरस्कार पाउने घोषणा गरिएको थियो। त्यस्तै, सहायक प्रशिक्षकमा स्वर्ण जित्नेले तीन लाख, रजतले दुई लाख र काश्यले एक लाख रूपैयाँ पाउने घोषणा गरिएको थियो।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “कोभिड–१९ का कारण कार्यक्रम गरेर पुरस्कार र सम्मानपत्र वितरण गर्न सकेनौं। त्यसकारण खेलकुद प्रतियोगितामा सम्बन्धित एक सय १२ जना प्रशिक्षक र सहायक प्रशिक्षकमध्ये खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२ अनुसार राष्ट्रिय खेलकुद परिषद्बाट उपलब्ध गराइएको विवरणबमोजिम अहिले ६८ जना प्रशिक्षक र सहायक प्रक्षिकलाई नगद पुरस्कार जम्मा रु एक करोड ८६ लाख सम्बन्धितका बैंक खातामा जम्मा गरिएको छ।”

यसअघि मन्त्रालयले सागमा पदक विजेता चार सय ३५ खेलाडीलाई १९ करोड ५३ लाख रूपैयाँ पुरस्कार वितरण गरिसकेको छ। त्यस्तै कोभिड–१९ को जोखिमपछि सम्मानपत्र वितरण गर्ने मन्त्रालयको योजना छ।

Laxmi sunrise bank
kumari

‘खेलकुद पुरस्कार तथा सम्मान कार्यविधि २०७२’ अनुसार सरकारले घोषणा गरेको पुरस्कार रकम पाउनका लागि खेलाडी र प्रशिक्षकले सम्बन्धित निकायबाट लिएका पेश्की बाँकी हुनुहुँदैन। त्यसैले बाँकी ४४ प्रशिक्षक र सहायक प्रशिक्षकको पेश्की बाँकी रहेकाले पुरस्कार उपलब्ध नगराइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: May 18, 2020| 12:20 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।