शुक्रबार, कात्तिक ९, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • प्रदेश २ : लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने, दलको नेता एक साताभित्रै चयन गरिने

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश २ : लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने, दलको नेता एक साताभित्रै चयन गरिने

प्रदेश २ मा जसपापछिको दल नेपाली कांग्रेस पनि सरकारमै सहभागी भएपछि लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने निश्चित भएको हो।
 |  आइतबार, भदौ २७, २०७८
nespernesper

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, भदौ २७, २०७८

जनकपुरधाम- जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ को प्रमुख प्रतिपक्षी दल ब‍न्‍ने निश्चित भएको छ। प्रदेश २ मा जसपापछिको दल नेपाली कांग्रेस पनि सरकारमै सहभागी भएपछि लोसपा प्रमुख प्रतिपक्षी दल बन्‍ने निश्चित भएको हो।

triton college

जसपा विभाजन हुँदा लोसपाको पक्षमा १६ जना प्रदेशसभा सदस्यले सनाखत गरेसँगै प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुमध्ये तेस्रो ठूलो दल बनेको हो।  

प्रदेश २ प्रदेशसभामा जसपासँग ३९, कांग्रेससँग १९, एमालेबाट अलग भएर बनेको नेकपा (एस)सँग १३, एमाले र माओवादी केन्द्रसँग ८-८ प्रदेशसभा सदस्य रहेको छ। 

नेपाली कांग्रेस दुई मन्त्रालयसहित सरकारमा सहभागी भएपछि लोसपा प्रमुख प्रतिपक्षी हैसियतमा प्रदेशसभामा उपस्थित हुने तयारी गरिरहेको छ। 

लोसपाका प्रदेशसभा सदस्य परमेश्वर साहले आफ्नो पार्टीको विधान निर्माण भइसकेको र छिट्टै नै छलफल गरेर त्यसको निष्कर्ष लगाउने जानकारी दिए । 

Metro Mart
vianet

उनले आफूहरुले २-३ दिनभित्रै प्रमुख प्रतिपक्षी दलको भूमिका निर्माणसहित नयाँ दलको पत्र प्रदेशसभामा जानकारी गराउने तयारी गरेको बताए। नेता साहले प्रमुख प्रतिपक्षीको हैसियतमा सरकारको गुण र दोषको आधारमा विरोध वा समर्थन गर्ने बताए। एक साताभित्रै दलको नेता तथा सचेतक चयन गर्ने प्रक्रिया पूरा गर्ने उनको भनाइ छ। 

नेकपा (एस) प्रदेश २ सरकारमा सहभागी हुने चर्चाका बीच नेकपा एसका प्रदेशसभा सदस्य शत्रुधन महतोले संघीय सरकारमा नै आफनो पार्टीको सहभागी र मन्त्रीमण्डल विस्तारमा कठिनाइ देखिएकाले प्रदेशमा यस विषयमा छलफलसम्म सुरु नभएको जानकारी दिए। उनले भने, ‘हामी सरकारमा जान तयार छौँ, तर यस विषयमा केन्द्रमै सहमति भएको छैन, प्रदेशमा तत्काल छलफलसमेत सुरु भएको छैन।’

 यता प्रदेशसभा सचिवालयका सचिव रञ्‍जित यादवले दल गठनले मात्रै होइन निर्वाचन आयोगले दल गठन भएको औपचारिक जानकारी गराइसकेपछि गठित दलले दल मान्यताको प्रमाणसहित प्रदेश सभामा दाबी सहितको मांग गरेमा सोही दिनदेखि दलका नेता र प्रमुख सचेतकको सेवा सुविधा पाउने जानकारी दिए। दुईटा संसदीय दल र कर्मचारी समेत थपिने तयारी गरिएको उनले बताए।

प्रकाशित: Sep 12, 2021| 20:30 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।