आइतबार, चैत ८, २०८२

दर्शक बस्ने सिटमा जर्सी, बायर्न शीर्ष स्थानमा कायमै

बिना दर्शक खाली रंगशालामा खेलिरहेका छन् खेलाडी। दर्शक बस्ने कुर्सीमा टिसर्ट टाँगिएको छ।
 |  सोमबार, जेठ ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ५, २०७७

एजेन्सी– कोरोना भाइरसको महामारीका बीच जर्मनीमा अस्ति शनिबारदेखि बुन्डेसलिगा सुरु भएको छ। कोरोनापछि सुरु हुने युरोपको पहिलो लिग बनेको छ, बुन्डेसलिगा। मुख्य कुरा खेलमा दर्शक नै छैनन्।

National life

बिना दर्शक खाली रंगशालामा खेलिरहेका छन् खेलाडी। दर्शक बस्ने कुर्सीमा टिसर्ट टाँगिएको छ।

खेलाडीले थुक्न पाउँदैनन्। हात मिलाउन पूर्ण प्रतिबन्ध छ। उपस्थित रंगशालामा छिर्न पाउने सीमित व्यक्तिले अन्य सबैले अनिवार्य मास्क लगाएका छन्। एक खेल सकिएपछि मैदान, कुनाको झण्डा, प्लेयर बक्सलाई डिसइन्फेक्ट गरिन्छ।

जर्मनको शीर्ष लिग बुन्डेसलिगा अन्तर्गत आइतबार राति सम्पन्न खेलमा बायर्नले युनियन बर्लिनलाई हराएको छ। बर्लिनको घरेलु मैदानमा सम्पन्न खेलमा उसले बायर्नसँग २–० गोलअन्तरको सामना गरेको हो।

बायर्नका लागि रोवर्टो लेवान्डोस्किी र बेन्जामिन पावडले गोल गरे। घरेलु टोली बर्लिनका तर्फबाट भने कुनै खेलाडीले गोल गर्न सकेनन्।

Laxmi sunrise bank
kumari

खेलको ४० औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै बायर्नका लेवान्डोस्किीले सुरुवाती गोल गरे। उनको गोलबाहेक पहिलो हाफमा अन्य खेलाडीले गोल गर्न सकेनन्।

एक गोलले अगाडि रहेको बायर्नका तर्फबाट बेन्जामिनले ८० औं मिनेटमा गोल गर्दै टिमको स्कोर २–० पुर्याए। खेलको यही नतिजा निर्णायक बन्यो।

यो जितसँगै बायर्न शीर्षस्थानमा कायम छ। उसले ५८ अंक बनाएको छ। २६ खेलमा १८ जित र ४ बराबरीका साथ ५८ अंक बनाएको हो। ५४ अंकका साथ दोस्रो स्थानमा रहेर

बोरुसिया डर्टमन्डले बायर्नलाई पछ्याइरहेको छ। उतिनै खेल खेलेको बार्लिन ३० अंकका साथ १२ औं स्थानमा छ।

प्रकाशित: May 18, 2020| 06:45 सोमबार, जेठ ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।