शनिबार, कात्तिक २९, २०८२

लकडाउन खुले पनि बन्द हुनेछन् यी हिन्दी सो

कोही यस्ता सोहरु पनि छन्, जुन लकडाउनपछि पूर्ण रुपले बन्द गरिने बताइएको छ।
 |  आइतबार, जेठ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ४, २०७७

लकडाउनका कारण अन्य उद्योग जस्तै टेलिभिजन दुनियाँमा पनि असर परेको छ। भारतीय टेलिभिजन सोहरुका सुटिङ मार्च १९ यता बन्द गरिएका छन्।

National life

त्यसपछि दूरदर्शनमा पुराना लोकप्रिय सोहरु ‘रामायण’, ‘महाभारत’, ‘देख भाई देख’, ‘श्रीमान् श्रीमती,’ ‘बुनियाँद’, ‘शक्तिमान’ र ‘चाणक्य’ फिर्ता भएका छन्। केही निजी च्यानलले पनि आफ्ना पुराना पपुलर टीभी सिरियलहरु पुनः प्रसारण गर्न थालेका छन्।

त्यस्तै कोही यस्ता सोहरु पनि छन्, जुन लकडाउनपछि पूर्ण रुपले बन्द गरिने बताइएको छ।

बेहद–२ : ‘बेहद–२’ एक रोमान्टिक–थ्रिलर सो हो। जसमा जेनिफिर विन्गेट, शिविन नारन्ग र आशीष चौधरी मुख्य भूमिकामा छन्। पहिलो सिजनपछि दोस्रो सिजन पनि ‘बेहद’ लोकप्रिय छ। तर, लकडाउनका कारण च्यानलले सो बीचमा नै बन्द गर्नुपरेको थियो।

सो बारेमा जेनिफिर बताउँछिन्, ‘यो समय मानिसको सुरक्षा प्रमुख विषय हो। मेरो हिसाबले बन्द गर्नु लोजिकल फैसला हो। यसलाई अघि लाने सम्भावना छैन।’

Laxmi sunrise bank
kumari

पटियाला बेब्स : यो सो आमा र छोरीबीचको कहानी हो। यसको मुख्य भूमिकामा अशनुर कौर, सायशा बजाज र सौरभ राज जैन छन्। यो सो पनि च्यानलले बीचमै समाप्त गर्ने निर्णय गरेको छ।

यसबारे अशनुरले बताइन्, ‘जुन दिन मैले ‘पटियाला बेब्स’ बन्द गर्ने निर्णय थाहा पाएँ, मलाई अचम्म लाग्यो। केही समय त के गर्ने हो थाहा नै पाइनँ। मेरो आखामा आँशु आयो। म एक वर्षसम्म मिनीको भूमिकामा थिएँ। यसबाट अचानक बाहिर आउँदा मलाई धेरै गाह्रो भयो।’

इशारों इशारों मे : यो सो एक बहिरा मानिसको प्रेम कहानी हो। जो आफ्नो अपांगताको बाबजुद पूरा शक्तिका साथ जिन्दगी बाँच्छन्। यो सोमा मुदित नायर, सिमरन परिजा र देबात्मा साहाको भूमिका छ।

मुदित भन्छन्, ‘दुःख धेरै छ कि सो बीचमै बन्द भयो। तर, मलाई लाग्छ– च्यानलले जे फैसला लिएको छ, साचेरै लिएको होला।’

दिल जैसै धडकने दो : यो सो दुई बच्चा र इथीको कहानी हो। सोमा राहिल आजम मुख्य भूमिकामा छन्। सो बन्द भएपछि राहिल अब तीन महिनासम्म सुटिङ गर्न नपाउने जानकारी पाएको बताए।

‘कोरोनाका कारण सबै मानिस हैरान भएका छन्। यस्तो अवस्थामा पुरानो कथा कसरी याद आउँछ र? यस्तो अवस्थामा कथाको मूल भाव नै परिवर्तन गरेर देखाउनुपर्ने हुन्छ,’ उनी भन्छन्।

नजर २ : एक बोक्सीको वरिपरि घुमेको कहानी छ, ‘नजर २’मा। यसमा श्रुती शर्मा र सिजन मोहम्मद प्रमुख पात्रको रुपमा देखिन्छन्। च्यानलले यसलाई पनि बन्द गर्ने बताएको छ।

यसबारे काुराकानी गर्दा मोनालिसा बताउँछिन्, ‘जब मैले खवर सुनेँ मेरो आँखा नुनिलो भयो। मलाई पुनः मोहनीको भूमिका निभाउने मौका मिल्ने छैन। हरेक दिन टिभी सो बन्द भइरहेका छन् भन्ने सुन्ने गरेको तर आफ्नै सो बन्द होला भन्ने सोचिको थिइनँ।’

दादी अम्मा... दादी अम्मा मान जाओ : यो सोमा सीमा विश्वास, मोहन जोशी दाश र अंगा भोश्लेको लिडिङ रोल छ। यसमा दुई बहिनी अन्जली र श्रद्धाको कहानी देखाइएको छ। उनीहरुमाथि आफ्नो सपना पूरा गर्ने र हजुरबुवा र आमाको रेखदेख गर्ने जिम्मेवारी हुन्छ।

राजश्री प्रोडक्सनले निर्माण गरेको यो सो पनि च्यानलले बीचमै बन्द गरिदिएको छ।

इश्क सुभान अल्लाह : अदना खान र तुनिशा शर्मा स्टारर यो सो लकडाउनपछि टेलिभिजनमा आउने छैन। च्यानलले सोका निर्मातासँग आफ्नो कुरा बताएको छ।

ये जादू है जिन्न का : अदिती शर्मा र विक्रान्त शर्मा स्टारर यो सो पनि अब बन्द हुनेछ। बताइएको छ कि यसको कहानी मानिसले निकै चाख दिएर हेर्ने गरेका थिए। सोले टिआरपी चार्टमा पनि धेरै नम्बर प्राप्त गरेको थियो। तर, यो सो पुनः सुरु गर्न धेरै खर्च हुने बताएइको छ।

दिल ये जिद्दी है : यो सो को कहानी काजल व्यास (मेघा रे)को कहानी हो। जसले आफ्नो आँखाको रोशनी एक बिमारका कारण गुमाउँछिन्। सुरुवातबाटै यो सोले निकै चर्चा कमाएको थियो। तर पनि च्यानलले सो नचलाउने बताएको छ।

प्रकाशित: May 17, 2020| 17:42 आइतबार, जेठ ४, २०७७
प्रतिक्रिया दिनुहोस्