बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राना थारुलाई सरकारी कामकाजको भाषा नबनाएको भन्दै आपत्ति

राना थारुलाई सरकारी कामकाजको भाषा नबनाएको भन्दै आपत्ति

कैलाली र कञ्‍चनपुरमा मात्र बसोबास रहेका राना समुदायले भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै आपत्ति जनाएका छन्।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

धनगढी- कैलाली र कञ्‍चनपुरमा मात्र बसोबास रहेका राना समुदायले भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कामकाजी भाषाको रुपमा राना थारु समुदायको भाषालाई नसमेटेको भन्दै आपत्ति जनाएका छन्।

 नेपाल राना थारु समाजलगायत राना थारु समुदायसँग सम्बद्ध विभिन्‍न संघसंस्थाले धनगढीमा पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका हुन्।  भाषा आयोगले सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्‍चनपुरमा मात्र बसोबास रहेको राना समुदायको पहिचान मेटाउन खोजेको नेपाल राना थारु समाजको आरोप छ।

भाषा आयोगले प्रतिवेदन सच्याएर राना थारु भाषालाई पनि कामकाजी भाषाको रुपमा उल्लेख गर्नुपर्ने नेपाल राना थारु समाजका अध्यक्ष कृपाराम रानाले बताए। ‘भाषा आयोगले सातवटै प्रदेशका सरकारी कामकाजी भाषा सिफारिस गरेकोमा सुदूरपश्चिम प्रदेशका डोट्याली, थारु, बैतडेली, बझाङ्गी र अछामी भाषिक समुदायलाई हार्दिक बधाइ ज्ञापन गर्दछु,’ समाजका अध्यक्ष कृपाराम रानाले भने, ‘भाषा आयोगले सरकारलाई बुझाएको वार्षिक प्रतिवेदनमा सुदूरपश्चिम प्रदेशको सरकारी कामकाजी भाषाको सिफारिस गर्दा राना थारु भाषा छुटाइएकोमा गम्भीर ध्यानाकर्षण भएको छ।

‘आयोगले डोटेली र थारु भाषालाई सरकारी कामकाजी भाषा मान्यता दिएकोमा हाम्रो कुनै आपत्ति छैन,’अध्यक्ष रानाले भने, ‘तर, त्योसँगै राना थारु समुदायको भाषा पनि समेटिनु पर्दछ।’

 राना थारु समुदायको पहिचानलाई आयोगले मेटाउन खोजेको भन्दै राना थारु समुदायले आन्दोलन गर्ने निर्णय गरेको अध्यक्ष रानाले बताए। उनले आयोगको कदमविरुद्ध र राना थारुको आरक्षण सुनिश्चितताका निम्ति सोमबार धनगढीमा प्रदर्शन गर्ने बताए।

प्रकाशित: Sep 12, 2021| 20:21 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।