बिहीबार, भदौ ४, २०८३

सीमा क्षेत्रबाट १९ लाखको औषधि बरामद

भारतसँगको सीमावर्ती क्षेत्र विराटनगर १६ रानीबाट सशस्त्र प्रहरीले तस्करी गरिएको करिब १९ लाख बराबरको औषधि बरामद गरेको छ ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

विराटनगरभारतसँगको सीमावर्ती क्षेत्र विराटनगर १६ रानीबाट सशस्त्र प्रहरीले तस्करी गरिएको करिब १९ लाख बराबरको औषधि बरामद गरेको छ । 

करिब १९ लाख मूल्य बराबरको ११ प्रकारका औषधि बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख प्रहरी उपरीक्षम (एसपी) तीर्थ पौडेलले बताए। 

डेक्समिडाइन, टिगेवेस्ट, टिकोवाक्ट, कुटेनोक्स, डोटामिन, निप्रेसलगायतका औषधि बरामद गरिएको शसस्त्र प्रहरीले जानकारी दिएको छ। दुईवटा बक्समा झाडीमा लुकाएर राखेको अवस्थामा औषधि बरामद भएको एसपी पौडेलले बताए। 

औषधि तस्करीमा संलग्‍नहरुको पहिचान हुन नसकेको उनले बताए । सशस्त्र प्रहरीले औषधिलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि आइतबार औषधि व्यवस्था विभागमा बुझाएको छ। विभागका फार्मेसी निरीक्षक दीपेन्द्र खड्काका अनुसार कोरोना संक्रमित, हट्अट्याक भएका, मुटुको समस्या रहेका र शरीरमा रगत जम्‍ने समस्या देखिने बिरामीको उपचारमा यस्ता औषधि प्रयोग हुन्छन्। 

औषधिका बारेमा आवश्यक अनुसन्धान सुरु गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित: Sep 12, 2021| 20:15 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।