आइतबार, वैशाख ७, २०८२

एमसीसी उपाध्यक्ष सुमारको ४ दिने भ्रमणका ४ सन्देश

आगामी महिना एमसीसीको मूल बैठक हुने भएका कारण करिब चार वर्षअघि भएको सम्झौता कार्यान्वयन हुन नसक्दाको अवस्थाबारे बुझ्‍न हुनसक्ने परराष्ट्र मामिलाका जानकारहरुले बताएका छन्।
 |  आइतबार, भदौ २७, २०७८
nespernesper

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

आइतबार, भदौ २७, २०७८

vianetvianet

काठमाडौं- नेपाल सरकार र अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको आर्थिक वृद्धिका लागि आएको कार्यक्रम भन्दै  बारम्बार भनिरहँदा पनि गिजोलिएर बहसको मुख्य विषय बनाइएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन भएको करिब डेढ महिनापछि एमसीसीका विषयमा उठेका मुख्य प्रश्‍नहरु समेट्दै अमेरिकालाई कूटनीतिक पत्र पठाइयो। 

triton college

एमसीसी मुख्यालयले  भदौ २३ गते उक्त पत्रको जवाफ पठायो। अर्थात् एमसीसीका उपाध्यक्ष फातिमा सुमार र सहउपाध्यक्ष जोनाथन ब्रुक्सको टोली नेपाल भ्रमणमा आउनुभन्दा करिब १२ घण्टाअगाडि नेपाललाई उक्त पत्रको जवाफ प्राप्त भएको जनाइएको छ। 

फातिमाको नेपालको भ्रमणअघि भदौ १८ गते अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिला विभागकी उपसहायक सचिव लौरा स्टोनले अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडालाई बोलाएर एमसीसीबारे नेपालमा उठेका प्रश्‍न, भ्रमण टोलीमाथि हुन सक्ने आक्रमण र एमसीसी अनुमोदनको स्थितिबारे प्रश्‍न गरेकी थिइन्। 

जवाफमा राजदूत खतिवडाले एमसीसी अनुमोदनका लागि वैकल्पिक तरिका खोजी गरिने बताएका थिए। लौरा स्टोनले एमसीसीविरुद्ध गलत प्रचार गर्ने अभियानलाई रोक्‍न पनि राजदूत खतिवडालाई आग्रह गरेकी थिइन्। उनले आफ्नो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मालगायतसँग भेट गरिन्। 


National life insurance




भेटका क्रममा उनले सबै नेताहरुलाई एमसीसी नेपालको हितमा भएकाले संसदीय अनुमोदन गर्न आग्रहसमेत गरिन्। यसअघि विभिन्‍न पटक नेपाल भ्रमणमा आएकी सुमारले एमसीसीबारे नेपालका नेताहरुको धारणा बुझेकी हुन्। आगामी महिना एमसीसीको मूल बैठक हुने भएका कारण करिब चार वर्षअघि भएको सम्झौता कार्यान्वयन हुन नसक्दाको अवस्थाबारे बुझ्‍न हुनसक्ने परराष्ट्र मामिलाका जानकारहरुले बताएका छन्। 

उनीहरुका अनुसार सुमारको भ्रमणले मुख्यगरी चार सन्देश दिएको छ। ती हुन् :

१- नेपालले एमसीसी परियोजना लागू गर्ने हो कि होइन भन्‍ने कुराको निर्क्यौल गर्नु

२- एमसीसीकै कारण नेपाल-अमेरिका सम्बन्ध बिग्रन नदिनु

३- एमसीसी पारित गराउन कूटनीतिक दबाब सिर्जना गर्नु

४- एमसीसीबारे नेपालका दलहरुको पछिल्लो धारणा बुझ्‍नु

नेकपा एमालेका प्रवक्ता तथा पूर्व पराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यालिनियम च्यालेन्झ कर्पोरेशन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको नेपाल भ्रमण राजनीतिक दलहरुलाई कन्भिन्‍स गर्ने प्रयास स्वरुप भएको टिप्पणी गरेका छन्। पूर्वपरराष्ट्रमन्त्री ज्ञवालीले भने, 'अहिलेको भ्रमण राजनीतिक दलका नेताहरुलाई कन्भिन्स गर्ने प्रयास स्वरुप भएको हो भन्‍ने मलाई लागेको छ। अब कति कन्भिन्स हुनुभयो, कति कन्भिन्स गर्न सक्नुभयो भन्‍ने कुराका लागि केही समय पर्खिनै पर्छ।' 

पूर्वराजदूत शम्भुराम सिम्खडा एमसीसीको मूल बैठकमा कसरी प्रस्तुत हुने भन्ने धारणा बनाउन सुमार नेपाल भ्रमणमा आएको बताउँछन्। बैठक आगामी महिना बस्ने कार्यसूची छ। उनले भने, 'तत्कालको सन्देशचाहिँ एमसीसी परियोजना लागू गर्ने हो कि होइन भन्‍ने कुराको निर्क्यौल गर्नका लागि हुन सक्छ।'

लामो समय भइसक्दा पनि लागू गर्ने कि नगर्ने भन्‍ने विषयमा धेरै बहस भएको र विषय मोडेर 'राष्ट्रवाद' सँग जोडिएकाले अबको बाटो के हुने भन्‍ने विषयमा सुमारको टोली नेपाल आएको हुन सक्ने उनले बताए। उनले थपे, 'अब हुने एमसीसी बैठकमा नेपालको पोजिसन के हो भन्‍ने विषयमा धारणा बनाउन खोजेको पनि हुन सक्छ।'

दीर्घकालका रुपमा हेर्दा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी  बेरीले पनि पटकपटक धेरै कुरा व्याख्या गरेको र सरकारले पनि पटकपटक गरेको पत्राचारबाट पनि धेरै कुरा खुलाइएको हुनाले धेरै विवाद बनाउन हुँदैन भन्‍ने पनि हुन सक्ने उनी बताउँछन्। उनले भने, 'अमेरिकाले एमसीसीकै कारण नेपालसँग लामो समयदेखिको सम्बन्ध बिगार्न हुँदैन भन्‍ने हेतुले स्पष्ट हुन यो भ्रमण भएको हुन सक्छ।'

अर्का पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भने नेपालका राजनीतिज्ञहरुलाई दबाब दिन सुमारको भ्रमण भएको दाबी गरेका छन्। उनले भने, 'उहाँ (सुमार) दबाब दिएर पास गराउन सकिन्छ कि भनेर आउनुभएको हो। तर, यहाँ उहाँहरुले दबाब दिएर सफल हुने लक्षण देखिएन।'

'अहिले अमेरिकाले संशोधन हुनै सक्दैन भनिरहेको छ। र,  नेपालमा संशोधनबिना जस्ताको त्यस्तै पास गर्न सकिँदैन भन्‍ने धारणा व्याप्त छ। दुई अतिवादी विचारका कारण यो अल्झिएको देखिन्छ।'



अहिले एकदलको बहुमतको सरकार नभएको, सत्तारुढ दलहरुको न्यूनतम साझा कार्यक्रममा पनि एमसीसी नपरेको र सडकमा व्यापक विरोध भइरहेका कारण दबाब दिने स्थिति नभएको उनले बताए।  एमसीसीका विषयमा दुई अतिवादी विचारका कारण अड्किएको उनले बताए। उनले थपे, 'अहिले अमेरिकाले संशोधन हुनै सक्दैन भनिरहेको छ। र,  नेपालमा संशोधनबिना जस्ताको त्यस्तै पास गर्न सकिँदैन भन्‍ने धारणा व्याप्त छ। दुई अतिवादी विचारका कारण यो अल्झिएको देखिन्छ।'

एमसीसीका उपाध्यक्षले यहाँको वस्तुस्थिति, राजनीतिक दलको मनसाय सबै बुझिसकेपछि संशोधन नगरी नहुने रहेछ भन्‍ने थाहा पाएको र यो कुरा अमेरिकामा एमसीसी बैठकमा उठेपछि केही संशोधन गर्ने विषयमा लचक हुन सक्ने पूर्वराजदूत श्रेष्ठको विश्‍वास छ। 

अर्का पूर्वराजदूत शंकर शर्माले एमसीसी सम्झौताको राम्रो पक्ष भनेको यसले अन्तर्राष्ट्रिय कानुनलाई अनुशरण गरेकाले यसलाई पारित गराउन दलहरुलाई थप स्पष्ट पार्न उनको भ्रमण भएको हुन सक्ने बताए। नेपालले मित्रराष्ट्र र विकास साझेदारहरूसँगको सम्झौतालाई जहिले पनि संवेदनशील भएर हेर्ने गरेको भन्‍ने बुझेको अमेरिकाले नेपाललाई प्राथमिकतामा राखेको भन्‍ने सन्देश पनि दिन खोजिएको छ। 

त्यसैगरी पूर्वराजदूत अर्जुनकुमार कार्कीले सुमार भ्रमणको सन्देश एमसीसीका विषयमा फैलिएका भ्रमबारे नेपाली नेताहरुलाई स्पष्ट पार्नु रहेको बताएका छन्। यदि प्रमुख राजनीतिक दलहरूका बीचमा एकमत कायम हुन सकेन भने एमसीसीलाई स्वीकार नगर्नु नै उचित हुने उनको धारणा छ। एमसीसीबाट नेपाल र अमेरिकाबीच सिर्जना हुन सक्ने अप्ठ्यारोलाई कूटनीतिक माध्यमबाट निराकरण गर्नका लागि यो भ्रमण भएको उनको बुझाइ छ।  

प्रकाशित: Sep 12, 2021| 19:14 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...