मंगलबार, असार ३०, २०८३

बन्द रंगशालामा डर्टमन्डको शानदार जित

दोस्रो हाफको तेस्रो मिनेटमा थोरगनले गोल गर्दै टिमलाई ३ गोलको अग्रतामा पुर्याए भने ६३ औं मिनेटमा थोरगनले व्यक्तिगत दोस्रो गोल गरे। थोरगनको दोस्रो गोलसँगै डर्टमुन्डले ४ – ० गोल अन्तरले खेल जित्यो।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

आजबाट बन्द रंगशालामा जर्मनी बुन्डेसलिगा सुरु भएको छ। बुन्डसलिगा अन्तर्गत आज सम्पन्न खेलमा साविक उपविजेता बोरुसिया डर्टमन्डले साल्केविरुद्ध शानदार जित निकालेको छ।

डर्टमन्डको घरेलू मैदानमा सम्पन्न खेलमा उसले पाहुना टोलीलाई ४–० को गोलअन्तरले हराएको छ। जितका लागि राफेल गोएरिरोले २, एर्लिङ हाल्यान्ड र थोरगन हजार्डले एक-एक गोल गरे।

हाल्यान्डले खेलको २९ औं मिनेटमा सुरुवाती गोल गरेका थिए। त्यस्तै ४५ औं मिनेटमा राफेलले गोल गर्दै अग्रतालाई दोब्बर बनाएका थिए। हल्यान्ड र राफेलेको गोलसँगै पहिलो हाफमा डर्टमन्डले २ गोलको अग्रता बनायो।

दोस्रो हाफको तेस्रो मिनेटमा थोरगनले गोल गर्दै टिमलाई ३ गोलको अग्रतामा पुर्याए भने ६३ औं मिनेटमा थोरगनले व्यक्तिगत दोस्रो गोल गरे। थोरगनको दोस्रो गोलसँगै डर्टमुन्डले ४ – ० गोल अन्तरले खेल जित्यो।

जितसँगै डर्टमन्ड लिगको दोस्रो स्थानमा कायम छ। उसले २७ खेलमा १७ जित, ६ बराबरी र ४ हारका साथ दोस्रो स्थानमा छ। शीर्ष स्थानको बायर्नको ५५ अंक रहेको छ।

बन्द रंगशाला सम्पन्न खेलमा खलाडीलाई मैदानमा थुक्न प्रतिबन्द लगाइएको थियो। त्यस्तै बाहिर रहने अन्य मानिसलाई मास्क अनिवार्य गरिएको थियो।

सिग्नल इदुना पार्क स्टेडियममा सम्पन्न खेलामा खेलाडी, कोच, अफिसियल र मिडियाको मात्र उपस्थिति थियो। त्यस्तै सब्स्टिच्युसन र गोल सेलिब्रेसनमा सामाजिक दुरीको पालना गरेर खेल खेलाइएको थियो।

कोरोना भाइरसको विश्वव्यापी महामारीपछि मैदान फर्कने बुन्डेसलिगा पहिलो युरोपियन शीर्ष लिग हो। जर्मनमा १० हप्तापछि फुटबल मैदान फर्किएको हो।

फुटबल मैदान फर्किएसँगै विश्वभरी नै खेलबार सकरात्मक संदेश गएको छ।

यो खेलबाहेक बुन्डेलिगामा अन्य ४ खेल सम्पन्न भएका छन।

ति खेलको नजिता
१. होफिनहम ० – ३ हेर्थ
२ं. अगस्बर्ग १ –२ वुल्भस्बर्ग
३. डुसेल्ड्रोफ ० – ० पदेर्वन
४. आरबी लेप्जिङ १ – १ एससी फ्रिबर्ग
आजको अन्तिम खेल एन्ट्यिाक्ट फ्रान्फुट र मोन्चुनग्लखबगबीच रातको १०ः१५ बजे सुरु हुँदैछ।

 

प्रकाशित: May 16, 2020| 21:43 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।