काठमाडौं- कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिका देशभरका विभिन्न अस्पतालहरुबाट एक हजार ४२३ जना संक्रमणमुक्त भएका छन्।
देशभर सात हजार ८७८ जनाको कोरोना परीक्षण गरिएकोमा ८३८ जनालाई संक्रमण देखिएको छ। पछिल्लो समय नेपालमा कोरोना संक्रमणदर घट्दो क्रममा रहेको छ।