शनिबार, कात्तिक २९, २०८२

गानालाई गहना बनाइदिने 'धक-धक गर्ल' माधुरी

बलिउड अभिनत्री माधुरी दीक्षितको मिलियन डलरको स्माइल देख्दा मोहित नहुने दर्शक कमै छन्। यी अभिनत्रीे अभिनयभन्दा मनमाेहक नृत्यका कारण दर्शकबीच लोकप्रिय छिन्।
 |  शनिबार, जेठ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ३, २०७७

बलिउड अभिनत्री माधुरी दीक्षितको मिलियन डलरको स्माइल देख्दा मोहित नहुने दर्शक कमै छन्। यी अभिनत्रीे अभिनयभन्दा मनमाेहक नृत्यका कारण दर्शकबीच लोकप्रिय छिन्।

National life

हिन्दी फिल्म उद्योगमा विशेष शैली नृत्य भित्र्याउन दीक्षितको ठूलो योगदान छ। कुनै बेला उनको नृत्यको चाल, पहिरन, हेयर स्टाइलको बलिउडको ट्रेन्ड नै थियो।

फिल्म तेजाबको 'एक दो तीन' बोलको गीतमा गरिएको नृत्यले माधुरीको करिअरमा कायापलट नै गरिदियो। यसबाट उनी हिन्दी फिल्मम हिट बनिन्। रोचक त के भने बलिउडमै पहिलोपल्ट फिल्मभन्दा गीत र नृत्य हिट हुन पुग्यो।

मानिसहरु यही गीत र नृत्य हेर्नका लागि मात्र फिल्म हलमा जान्थे। फिल्मभन्दा माधुरीको नृत्यमा झुम्थे दर्शक। यो गीतमा १६ दिन रिहर्सल गरेपछि उनले पाँच दिन लगाएर सुटि गरेकी थिइन्।

माधुरीको अर्को लोकप्रिय गीत हो, 'धक धक करने लगा'। यो गीत र नृत्यका कारण त बलिउडमा माधुरीको नामै परिवर्तन भयो। सबैले भन्न थाले- धक धक गर्ल माधुरी।

Laxmi sunrise bank
kumari

१९९१ मा माधुरीले बेटा फिल्मबाट फिल्म फेयरमा उत्कृष्ट अभिनेत्रीको पुरस्कार पाउन सफल भइन्। फिल्म अन्जामको 'चने के खेत मै' बोलको गीत र फिल्म सैलाबको हमको 'आजकल है' मा गरिएको नृत्यले उनी थप प्रशंसक बटुल्न सफल भइन्। फिल्म यारानामा 'मेरा पिया घर आया' बोलको गीतले त माधुरीको नृत्यका फ्यान करोडौं बन्न पुगे।

माधुरीको नृत्यकलालाई उचाइमा पुर्याउने जस कोरियोग्राफरलाई जान्छ। यो तथ्यलाई माधुरी आफैंले पनि स्वीकार गरेकी छन्। उनले एक अन्तरवार्तामा भनेकी छन्, सरोज खान थिएनन् भने मैले बलिउडको नृत्यमा जन्म सक्दिनथें।

नृत्य गर्दा माधुरीको शरीरमा देखिने जुन सौन्दर्य र चाल देखिन्छ, त्यसले नै उनलाई लोकप्रिय बनाउँदै गयो। जस्तोसुकै भावुक गीतमना पनि उनको नृत्य देख्दा दर्शक आकर्षित भइहाल्छन्। त्यस्तै रोमान्टिक गीतमा नाच्दा उनमा कुनै अश्लीलता पनि देखिँदैन।

कोरियोग्राफर सरोज खानले भनेका छन्, 'माधुरी हरेक गीतमा असाध्यै मेहनत गर्थिन्। एउटा गीतका लागि हप्तौंसम्म रिहर्सल गरेपछि मात्र उनी सुटिङमा तयार हुन्थिन्।' त्यस्तै एउटै नृत्यलाई पनि कैयौं दिन लगाएर सुटिङ गर्थिन्। निर्देशक इन्दर कुमारले माधुरीको तारिफ गर्दै भनेका छन्, 'माधुरीले गानालाई गहना बनाइदिन्छिन्।'

 

प्रकाशित: May 16, 2020| 14:26 शनिबार, जेठ ३, २०७७
प्रतिक्रिया दिनुहोस्