शनिबार, कात्तिक २९, २०८२

समर्थकले सोनम कपुरलाई अभिनय छोड भनेपछि...

बहुचर्चित बलिउड सेलिब्रेटी सोनम कपुर फिल्मबाहेक सोसल मिडिया पोस्टका कारण चर्चामा रहन्छिन्। समर्थकका लागि सोसियल मिडियामा सधैं आफ्ना तस्बिर र भिडियो सामग्री सेयर गर्छिन्।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

बहुचर्चित बलिउड सेलिब्रेटी सोनम कपुर फिल्मबाहेक सोसल मिडिया पोस्टका कारण चर्चामा रहन्छिन्। समर्थकका लागि सोसियल मिडियामा सधैं आफ्ना तस्बिर र भिडियो सामग्री सेयर गर्छिन्।

National life

यसैबीच सामाजिक सञ्जालको एक पोस्टका कारण उनले ट्रोल (व्यंग्य)को पनि सामान गर्नु परेको छ। झन् रोचक त के छ भने उनी व्यंग्य गर्ने मानिसलाई जवाफ पनि दिने गरेकी छन्।

सोनम कपुर एक खास पोस्टका कारण अहिले चर्चामा छिन्। हिजो (बुधबार) उनले आधिकारिक इन्स्टाग्राम एकाउन्टमा आफ्नो एक तस्बिर सेयर गरिन्।

तस्बिरमा उनी एक सोफामा बसिरहेको देखिन्छ। तर, त्यो तस्बिरसँगै लेखिएको क्याप्सनका कारण उनी ट्रोलर्सको निसानामा आइन्। उनलाई सोसल मिडियामा मानिसले जमेर व्यंग्य गरिरहेका छन्।

वास्तवमा सोनम कपुरले आफ्नो तस्बिरको क्याप्सनमा लेखेकी थिइन, “हे भगवान् के गरौं। (हे भगवन् क्या करुं।)” उनको यो सवाललाई मानिसले व्यंग्य गर्न सुरु गरे।

Laxmi sunrise bank
kumari

अजित पाटिल नाम गरेका एक प्रयोगकर्ताले उत्तर दिएका छन्, “टाइल्स साफ गर। पोछा लगाऊ।” त्यस्तै, विराट नाम गरेको एक प्रयोगकर्ताले भनेका छन्, “सोनम जी, तपाइँसँग त धेरै पैसा छ। धेरै थोक गर्न सक्नुहुन्छ। त्यसैले थोरै दान गरिदिनुस्।”

सोनम कपुरलाई धनी केटा भेटेर अन्य हिराइनले भन्दा चाडै विवाह गरेको आरोप समर्थकले लगाउँदै आएका छन्।

त्यस्तै प्रसाद सेट्टी नाम गरेका एक मानिसले रिप्लाइ गरेका छन्, “एक्टिङ गर्न बन्द गरिदिनुहोस्।”

गुल्जर अलि दहरीले लेखे, “कृपया यो लकडाउनमा अबरमा परेकालाई सहयोग गर्नुहोला।” उनको क्याप्सनको अझै धेरै प्रतिक्रियाहरु आएका छन्। तर, यी व्यंग्यको भने उनले जवाफ दिएकी छैनन्।

वास्तवमा उनी ट्रोलमा मात्र परेकी भने होइन। केही सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको तारिफ पनि गरेका छन्।

अहिले सोनम कपुर पति आनन्द आहुजाका साथ दिल्लीमा छिन्। उनी मार्चमा मात्र लन्डनबाट भारत आएकी थिएन्। त्यसपछि उनी क्वारेन्टिनमै छिन्।

केही समयअघि उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा आनन्दको साथमा रहेको तस्बिर सार्वजनिक गरेकी थिइन्। उनले बेडरुमको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्। त्यो तस्बिरसँगै उनले लेखेकी थिइन्, “क्वारेन्टिनको स्न्याप सट।”
उनले आफ्नो लिविङ रुम, किचन, स्टडी रुम र बगैँचाको तस्बिर पनि सेयर गरेकी थिइन्।

अमर उजाला

प्रकाशित: May 14, 2020| 18:58 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्