आइतबार, चैत ८, २०८२

अत्याधुनिक बन्दै रियल मड्रिडको नयाँ स्टेडियम

स्पेनिस क्लब रियल मड्रिडले नयाँ स्टेडियम सान्टियागो बर्नाबेउलाई आर्किटेक्चरल मास्टरपिस र भव्य बनाउने भएको छ।
 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७

स्पेनिस क्लब रियल मड्रिडले नयाँ स्टेडियम सान्टियागो बर्नाबेउलाई आर्किटेक्चरल मास्टरपिस र भव्य बनाउने भएको छ।

National life

स्टेडियमको छानो विस्थापन गर्न सकिने गरी तयार पारिने छ। यस्तै मैदानलाई विशेष किसिमको बनाइने भएको छ। मैदान खेलबाहेकका काममा पनि प्रयोगमा ल्याउन सकिने गरि तयार पारिन लागिएको छ। प्रायः कन्सर्टका लागि पनि उपयुक्त हुने गरि यसको निर्माण गरिने क्लबले जनाएको छ। अन्य प्रयोजनका लागि केही मिनेटमै यसको स्वरुपमा परिवर्तन ल्याउन सकिने छ।

जब रियल मड्रिड मैदानको नयाँ योजना सुरु भयो त्यसमा केही अन्य परियोजना पनि विकास गरिएको छ। यसका लागि एरियानामा रहेको मैदानको सहत फाल्नुपर्ने हुन्छ। तर, राजधानीमा ठाउँ अभाव छ। त्यसैले रेलको सहायताले मैदानको घाँस हटाउने र त्यसलाई रंगशालाभित्र कतै दबाउने काम क्लबको विकल्पमा रहेको छ।

महत्वकांक्षी र जटिल यस परियोजनालाई सिजन चल्दा पनि जारी राख्ने क्लबले बताएको छ। क्लबले सिजनका बाँकी खेल अर्को मैदान अल्फ्रेडो दि स्टेफानोमा खेल्ने बताएको छ।

प्रकाशित: May 14, 2020| 16:02 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।