मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अस्ट्रेलियन पूर्वक्रिकेटर शेन वार्नको खुलासा– सन् २००३ मा क्रिकेट झन्डै छोडिसकेको थिएँ

अस्ट्रेलियन पूर्वक्रिकेटर शेन वार्नको खुलासा– सन् २००३ मा क्रिकेट झन्डै छोडिसकेको थिएँ

 |  बिहीबार, जेठ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १, २०७७


अस्ट्रेलियन क्रिकेट कमेन्टेटर एवं पूर्वबलर सेन वार्नले आफ्नो एक रहस्यमय कहानी सुनाएका छन्। १२ महिना प्रतिबन्धमा परेका उनले क्रिकेटको सन्यास लिनेबारे सोचिसकेका थिए।

सन् २००३ को विश्वकपको अघिल्लो रात डोपिङ टेस्टमा (ड्रग) पोजेटिभ पाइएपछि उनलाई अस्ट्रेलियन क्रिकेट बोर्डले एक वर्षको प्रतिबन्ध लगाएको थियो। तर, प्रतिबन्ध सकिएपछि उनले क्रिकेटमा ‘हिरो’ जसरी नै पुनरागमन गरे।

प्रतिबन्धको समयमा उनी बोर्डको र सरकारी सुविधामा प्रशिक्षण गर्नबाट वन्चित भएका थिए, जसले उनलाई धेरै रेस्ट पाएको महशुस भएको थियो।

“त्यो कठिन समय थियो किनभने अस्ट्रेलियन क्रिकेट सरकारले नै चलाउने हो। त्यसैले सरकारी सेवा सुविधाबाट मलाई वन्चित गरिएको थियो,” उनले फक्स क्रिकेटसँग भने, “अस्ट्रेलियन क्रिकेटले मलाई क्रिकेट प्रशिक्षणका कुनै सेवा उपलब्ध नगराउन अन्य संस्थालाई निर्देशन दिएको थियो। चाहे क्लब क्रिकेट होस् वा सामान्य क्रिकेट मैदान नै किन नहोस, सबै बाटा बन्द थिए। म संन्यासको नजिक पुगको थिएँ।”

“मैले सोच्न थालेँ कि म खेलबाट टाढा जाँदै छु। मैले आफूलाई केही गर्न नसक्ने मानिसका रुपमा पाएँ। तर मेले खेललमा धेरै काम भने गरको थिएँ। त्यो समय जसरी चलिरहेको थियो म त्यसमा कत्तिपनि खुसी थिइनँ। त्यसैले त्यो ब्रेकले मलाई पछि राम्रो बनाएर फर्कायो,” उनले भने।

उनी परिवारसहित स्पेन गएपछि भने भाइ र कलाकार ग्लेन रोबिन्ससँग खेल्न थाले। प्रोफेसनल ब्याट्सम्यानलाई बलिङ गर्न प्रतिबन्ध थियो। उनले सामान्य मानिससँग खेले। तर, केही समय मात्र।

“मेरो साथीको एक साथीसँग डेन्डेनोङमा वुप–वुप नाम गरेको इन्डोर क्रिकेट स्कुल थियो,” उनले भने, “यो विहानै ६ बजे नै खुल्थ्यो र त्यहाँ म आफ्नो भाइ र ग्लेनलाई बल गर्थें। मलाई प्रोफेसनललाई बलिङ गर्न अनुमति थिएन।”

तर, स्पेनमा उनले केही हप्तासम्म मात्र खेल्न अवसर पाए। जतिबेला उनी भ्रमणमा गएका थिए। अरुबेला त त्यतिकै बसे। त्यसैले उनले एक वर्ष नै बलिङ गरेनन् भन्न पनि सकिन्छ।

जब उनी प्रतिबन्धबाट फुकुवा भएर टिममा फर्किए। त्यसले अस्ट्रेलियन क्रिकेटमा तरंग ल्यायो। उनको टोलीले सन् २००४ को श्रीलंका सिरिजमा ३–० को क्लिन स्विप गर्यो।
एजेन्सी

प्रकाशित: May 14, 2020| 14:45 बिहीबार, जेठ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।