आइतबार, चैत ८, २०८२

मेरो घरमा कसैले ढुंगा हानेजस्तो लाग्यो - युवराज सिंह

‘जब म घर पुगेँ त्यहाँ पनि ढुंगाहरु भेटेँ। मैले आफूलाई अपराधी जस्तो महसुस गरिरहेको थिएँ, जसरी कसैले अर्कोलाई हिर्काउँछ र जेल जान्छ। मैले पनि त्यस्तै महसुस गरिरहेको थिएँ।’
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

एजेन्सी- सन् २०१४ मा बंगलादेशमा सम्पन्न आईसीसी विश्वकप फाइनलमा श्रीलंकाले भारतलाई ६ विकेटले जित्यो। त्यसपछि भारतीय सञ्चार माध्यम र फ्यानले त्यो हारको दोष युवराज सिंहलाई दिएका थिए।

National life

सञ्चार माध्यमहरुको निरन्तर दबावका कारण ब्याट्सम्यान युवराज सिंहले आफ्नो खेल जीवन सकिएको सोचेका थिए। साँच्चै त्यो प्रतियोगिताले उनको खेल जीवनलाई धरापमा ल्यायो।

त्यो फाइनलमा उनले ५२ को मात्र स्ट्राइक रेट राख्न सके। त्यो उनको दुर्भाग्य बन्यो।

टी–२० क्रिकेटको मध्यक्रमका ब्याट्सम्यान खेलको ११ ओभरमा मैदान छिरेर ११ रन बनाउन सके। उनले २१ बल खर्चेर ११ रन बनाएपछि पेभेलियन फर्किएका थिए। विराट कोहलीसँग ७ ओभर साझेदारी गरेका उनले उत्कृष्ट खेल प्रस्तुत गर्न सकेनन्।

त्यो खेलमा कोहलीले ७७ रन बनाएका थिए भने रोहित शर्माले २९ रन बनाएका थिए। त्यसको दाँजोमा युवराजको रन एकदमै थोरै देखिएको थियो।

Laxmi sunrise bank
kumari

आफूले कमजोर खेलेको उनले तब महसुस गरे जब उनी स्वदेश फर्किए। ‘म जहिले पनि खेलप्रति पुरा उत्तरदायी हुने गर्दछु। त्यो खेलमा भने राम्रो खेल्न सकिन। दुर्भाग्यवश, त्यो विश्वकपको खेल थियो। अन्य कुनै प्रतियोगिता थियो भने त्यसको महत्त्व हुने थिएन होला,’ उनले मंगलबार २०१४ को विश्वकप सम्झँदै स्पोर्टस्स्कृनसँगको भिडियो अन्तर्वार्तामा भने, ‘तर, जब म घर फर्किएँ मलाई लाग्यो कि, म भारतको लागि गुन्डा सावित भएँ। विमानस्थलबाट बाहिर आएको पल सम्झन्छु, म मिडिया र फ्यानको हमलामा परेको थिएँ। उनीहरु म विरुद्ध कराइरहेका थिए।’

‘जब म घर पुगेँ त्यहाँ पनि ढुंगाहरु भेटेँ। मैले आफूलाई अपराधी जस्तो महसुस गरिरहेको थिएँ, जसरी कसैले अर्कोलाई हिर्काउँछ र जेल जान्छ। मैले पनि त्यस्तै महसुस गरिरहेको थिएँ,’ उनले भने।

उनले सन् २००७ को विश्वकप पनि सम्झिएका छन्। भन्छन्, ‘मैले त्यो दिन ६ बलमा ६ छक्का हानेको क्षण सम्झिएको थिएँ। त्यसपछि लाग्यो अब मेरो क्रिकेट करियर सकियो।’

इन्डियाको अन्तर्राष्ट्रिय खेलाडी युवराजले ४० टेस्ट, ३०४ ओडीआई र ५८ टी–२० प्रतियोगिता खेलेका छन्। उनले गतसाल मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका हुन्। 

प्रकाशित: May 13, 2020| 17:15 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।