बिहीबार, वैशाख ३१, २०८३

सलमान खानले गाएको गीत एकै दिनमा १ करोड २० लाखले हेरे

बलिउडका सुपर स्टार सलमान खानले गाएको एउटा गीत एकै दिनमा १ करोड २० लाखले हेरेका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

काठमाडौं- बलिउडका सुपर स्टार सलमान खानले गाएको एउटा गीत एकै दिनमा १ करोड २० लाखले हेरेका छन्।

National life

ज्याकलिन फरनान्डेजसँग म्यूजिक भिडियो बनाइएको ‘तेरे बिना’ बोलको गीत मंगलबार युट्युबबाट सार्वजनिक भएको थियो।

शबिर अहमदको शब्द र अजय भाटियाको संगीत रहेको गीत सलमानले आफै गाएका हुन्।

लकडाउनमै तयार पारिएको भनिएको उक्त गीत सलमानको घर वरपर नै सुट गरिएको जनाइएको छ।

यसअघि पनि सलमान खानले केही गीतको कभर गाएका हुन्। याे गीत नेपालकाे युट्युब ट्रेण्डिङकाे चार नम्बरमा परेकाे छ।

प्रकाशित: May 13, 2020| 16:05 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्