मंगलबार, असार ३०, २०८३

आईपीएलका लागि नयाँ विन्डो खोजी, रद्द भए ४ हजार करोडको घाटा

एजेन्सी– इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का कोषाध्यक्ष अरुण धुमलले इन्डियन प्रिमियर लिग(आईपीएल) रद्द भएमा करिब ४ हजार करोडको घाटा हुने बताएका छन्। मार्च २९ बाट हुने तय भएको प्रतियोगिता कोरोना भाइरस(कोभिड–१०)को कारण अनिश्चितकालका लागि स्थगित भएको छ।
 |  बुधबार, वैशाख ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

एजेन्सी– इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का कोषाध्यक्ष अरुण धुमलले इन्डियन प्रिमियर लिग(आईपीएल) रद्द भएमा करिब ४ हजार करोडको घाटा हुने बताएका छन्। मार्च २९ बाट हुने तय भएको प्रतियोगिता कोरोना भाइरस(कोभिड–१०)को कारण अनिश्चितकालका लागि स्थगित भएको छ।

उनले खेल रद्द भएमा ४ हजार कारोड रुपैयाँ नोक्सान हुने जसबाट बँच्नको लागि नयाँ विन्डोको खोजी सुरु गरिएको बताएका हुन्। मंगलबार धुमलले क्रिकेट वेबसाइट क्रिकबजसँग भनेका छन्, ‘नोक्सानबाट बच्न र आईपीएल गर्नको लागि नयाँ विन्डो खोजी गरिनु पर्ने हुन्छ।’

मिडिया रिपोर्टका अनुसा बीसीसीआईले प्रतियोगिताका लागि अगस्ट–सेप्टेम्बर र अक्टोबर नोभेम्बरका दुई विन्डोबारे विचार गरिरहेको छ।

तर उनले क्रिकेटमा कति नोक्सान भयो भनेर प्रतियोगिता सुरु भएपछि मात्र पुष्टि हुने बताएका छन्।

उनले भने, ‘अहिले कुनै द्विपक्षीय सिरिज भएको छैन। सिरिज नहुँदा धेरै नोक्सान भइरहेको छ। नोक्सानको पूर्ण विवरण प्रतियोगिता सुरु भएपछि मात्र आउँछ। हामी आईपीएल गर्न पनि सक्षम भएनौं भने करिब ४ हजार केराड रुपैयाँबरावरको नोक्सान हुने छ।’

कोरोनाले विश्वका सबै देशका क्रिकेट बोर्डलाई असर गरेको छ। त्यसैले बीसीसीआईले अष्ट्रेलिया, इंग्ल्यान्डलगायतका शीर्ष देशका क्रिकेट बोर्डसँग बार्ता गरेर क्रिकेट गतिबिधिलाई अघि बढाउने बताएको छ।

त्यस्तै इन्डियन राष्ट्रिय टिमका खेलाडीहरु अष्ट्रेलियाविरुद्ध खेल्नका लागि दुई हप्ता क्वारेन्टाइनमा बस्न तयार रहेको धुमलले बताएका छन्।

प्रकाशित: May 13, 2020| 15:06 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।