शनिबार, असार ७, २०८२

चलचित्र विकास बोर्डको अध्यक्षका लागि भुवन केसीसहित १० जनाको आवेदन

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नायक भुवन केसीसहित १० जनाले आवेदन दिएका छन्।
 |  बुधबार, वैशाख ३१, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख ३१, २०७७

vianetvianet

काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि नायक भुवन केसीसहित १० जनाले आवेदन दिएका छन्।

नायक केसीसँगै दीपक श्रेष्ठ, दयाराम दाहाल, राजेन्द्रकुमार उप्रेती, सोहित मानन्धर, राजेश थापा, अर्जुनकुमार डङ्गोल, ध्यानबहादुर सुब्बा, परशुराम चौधरी र भगवतीकुमारी मैनालीले आवेदन दिएका हुन्।

खुला प्रतिस्पर्धाको लागि १५ दिनको समयसीमा तोकेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले १५ बैशाखमा आवेदन मागेको थियो।

गत मंसीरमा तत्कालीन अध्यक्ष केशव भट्टराईको हृदयघातको कारण निधन भएपछि बोर्ड अध्यक्ष रिक्त छ।

प्रकाशित: May 13, 2020| 12:38 बुधबार, वैशाख ३१, २०७७
प्रतिक्रिया दिनुहोस्