शनिबार, पुस १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा मेडिकल मार्च, पुग्न थाले गाउँगाउँमा डाक्टर

कर्णालीमा मेडिकल मार्च, पुग्न थाले गाउँगाउँमा डाक्टर

कोरोना भाइरस संक्रमणको त्रास बढेपछि कर्णाली प्रदेशका गाउँगाउँमा चिकित्सकसहितको टोली खटाउन थालिएको छ।
 |  मंगलबार, वैशाख ३०, २०७७

देव राना

देव राना

मंगलबार, वैशाख ३०, २०७७

सुर्खेत– कोरोना भाइरस संक्रमणको त्रास बढेपछि सोमबारदेखि कर्णाली प्रदेशका गाउँगाउँमा चिकित्सकसहितको टोली खटाउन थालिएको छ।

National life

कर्णाली प्रदेश सरकारले प्रदेशका अति दुर्गम र स्वास्थ्य संस्थाको पहुँचबाहिर रहेका ७१८ वडामा स्वास्थ्यकर्मी खटाउन सुरु गरेको हो।

प्रदेश अस्पाल सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्ससहितको टोली विभिन्न स्थानीय तह र वडामा जान सुरु गरेकोे सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिएका छन्।

मन्त्री रावलका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हुम्ला र जुम्लाका ८ वटा स्थानीय तहमा विशेषज्ञ चिकित्सकहरु पठाएको छ।

हुम्लाको सर्केघाट, ताजाकोट, अदानचुली र चङ्खेली गाउँपालिकामा दुई दुई जना चिकित्सक खटाइएको प्रतिष्ठानका निर्देशक मंगल विश्वकर्माले जानकारी दिए।

Laxmi sunrise bank
kumari

त्यस्तै जुम्लाको कनकासुन्दरी, सिंजा, हिमा र तातोपानी गाउँपालिकामा पनि चिकित्सक पठाइएको छ।

मुगुको सत्याडमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकसहितको टोली ।

प्रदेश अस्पताल सुर्खेतले पनि आइतबारदेखिनै विभिन्न स्थानमा चिकित्सकसहितको टोली खटाएको मन्त्रालयले जनाएको छ ।

चिकित्सक टोलीले विदेश र बाहिरी जिल्लाबाट फर्किएका नागरिकको स्वास्थ्य परीक्षण गर्ने, शंकास्पद व्यक्तिको नमूना संकलन गरीे परीक्षण गर्ने र संक्रमणबाट बच्ने उपायबारे जानकारी दिने लगायतका काम गर्नेछ।

त्यस्तै परीक्षणलाई तीब्र बनाउन प्रदेश सरकारले कर्णालीका विभिन्न २७ वटा स्थानीय तहमा विशेषज्ञ चिकित्सक खटाएको छ।

 

प्रकाशित: May 12, 2020| 11:35 मंगलबार, वैशाख ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।