आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलित कर्मचारीलाई काममा फर्किन मन्त्रालयको आग्रह

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलित कर्मचारीलाई काममा फर्किन मन्त्रालयको आग्रह

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलन फिर्ता लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ।
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८
National life
Shivam cement

काठमाडौं– बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको आन्दोलन फिर्ता लिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ। 

आन्दोलनरत पक्षले उठाएका विषयको समाधानका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको भन्दै मन्त्रालयले आन्दोलन फिर्ता लिन आग्रह गरको हो। केही माग पूरा भएको र केही हुने क्रममा रहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आन्दोलनरत पक्षलाई नियमित काममा फर्कन भनेको छ। प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीले पूर्व सम्झौता अनुसार आफ्ना माग पूरा नभएको भन्दै २० भदौदेखि आन्दोलन गर्दै आएका छन्।

उनीहरुले इमर्जेन्सी, कोभिड र पूर्व निर्धारित परीक्षा बाहेक सबै सेवा अवरुद्ध गरेका छन्। मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पदाधिकारीमाथि कारवाही प्रक्रिया अघि बढेको छ। पदाधिकारी नियुक्तिको मापदण्ड तयार हुने क्रममा छ। भ्रष्टाचारको विषय अख्तियारको छानबिनको क्रममा छ। रजिष्टारको राजीनामा स्वीकृत भइसकेको छ। उपकुलपतिको प्राध्यापक पद नभएको पुष्टि भएकोले कानुन अनुसार थप प्रक्रिया अघि बढाइसकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘कोभिड महामारीको यो अवस्थालाई विचार गर्दै काममा फर्किनुहोला।’


प्रकाशित: Sep 12, 2021| 12:40 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।