शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाँकेका ६० वर्षीय पुरुषमा दोस्रो पटक पनि कोरोना पोजेटिभ

बाँकेका ६० वर्षीय पुरुषमा दोस्रो पटक पनि कोरोना पोजेटिभ

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षीय पुरुषमा दोस्रो पटक गरिएको परीक्षणमा पनि कोरोना भाइरस पोजेटिभ भेटिएको छ । पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएपछि उनलाई सात दिनपछि गरिएको पुनः परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

बाँकेको नेपालगन्ज उपमहानगरपालिका–७ निवासी ६० वर्षिय पुरुषमा दोस्रो पटक गरिएको परीक्षणमा पनि कोरोना भाइरस पोजेटिभ भेटिएको छ ।

पहिलो परीक्षणमा संक्रमण पुुष्टि भएपछि उनलाई सात दिनपछि गरिएको पुनः परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएको भेरी अस्पताल नेपालगन्जका मेसु डाक्टर प्रकाश थापाले जानकारी दिए।

उनीसहित संक्रमित २३ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको उपचारमा संलग्न फिजिसियन डाक्टर पारश खड्काले जानकारी दिए। २३ जनाको संक्रमितको अव १४ दिन पछि पुनः पिसिआर परीक्षण गरिने मेसु थापाको भनाइ छ ।

यसअघि संक्रमित पुष्टि भएको पहिलो साता संक्रमितको पुनः स्वाब लिएर पिसिआर परीक्षण गर्ने गरिएको थियो । त्यसैअनुसार नेपालगन्जका पहिलो संक्रमितको पुनः स्वाब परीक्षण गरिएको हो । नेपालगन्जमा ७ वर्षिया बालिकादेखि ६० वर्षिय ज्येष्ठ नागरिकसम्म कोरोना देखिएको छ ।

प्रकाशित: May 11, 2020| 15:43 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।