शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई ल्याउन गगनले संसदमा दर्ता गरे प्रस्ताव

विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई ल्याउन गगनले संसदमा दर्ता गरे प्रस्ताव

नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउने बारे संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडाैं- नेपाली कांग्रेसका सांसद गगन थापाले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश ल्याउने बारे संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरेका छन्।

सोमबार संघीय संसद सचिवालयमा थापाले ‘कोरोना महाव्याधिबाट प्रभावित विभिन्न देशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई तत्काल सुरक्षित रुपमा स्वदेश फिर्ताको व्यवस्था गर्न’ जरुरी सार्वजनिक महत्वका प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावमा उल्लेख छ, 'मलेसिया, साउदी, कतार, यूएई, बहराइन, ओमनमा महामारी बढ्दै गएको छ। यो अवस्थामा आफ्नो स्वास्थ्य र सुरक्षाका लागि श्रमिक समेत स्वदेश फर्कन खोजेका छन् भने रोजगारदाता देशहरूले समेत स्वदेश फिर्ताका लागि प्रेरित गरिरहेको अवस्था छ।' 

ती देशमा रोजगारदताले कैयौं श्रमिकलाई बिना पूर्वजानकारी कामबाट निकाल्ने, करार भंग गर्ने, बेतलबी बिदामा जान दबाब दिने, पूरै पारिश्रमिक नदिने पाइएको प्रस्तावमा उल्लेख छ। प्रस्तावमा सांसद डिला संग्रौला र प्रकाश रसाइलीले समर्थन गरेका छन्। 

प्रकाशित: May 11, 2020| 15:45 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।