शनिबार, भदौ ६, २०८३

लिपुलेकबारे नबोल्ने जसपाको यस्तो छ परराष्ट्र नीति

सडक र सदन सबैतिरबाट भारतीय अतिक्रमणकाे विराेभ भइरहँदा संघीय संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)ले हालसम्म बोलेको छैन।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं- भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विषयमा नेपालमा विराेध चर्किंदै गएको छ। सडक र सदन सबैतिरबाट भारतीय अतिक्रमणकाे विराेभ भइरहँदा संघीय संसदको तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)ले हालसम्म बोलेको छैन।

जसपाका भातृ संगठनका नेताहरुले सोमबार पार्टी अध्यक्ष एवं पूर्वपरराष्ट्र मन्त्री उपेन्द्र यादवसँग यसबारे छलफल गरेका छन्।
भ्रातृ संगठनका नेताहरुले लिपुलेक मिचेको विषयमा भारतविरुद्ध प्रदर्शन पाउनुपर्ने माग राखेपछि अध्यक्ष यादवले केही दिन पर्खिन आग्रह गरे। सरकारले वक्तव्य जारी गरिसकेको अवस्थामा पार्टीले केही गर्न उपयुक्त नभएको उनको भनाइ थियो।

राजपा र समाजवादी पार्टीबीचको एकता प्रक्रिया पूरा गर्न सोमबार दुवै पार्टीको पदाधिकारी बैठक बसिरहेको छ। बैठकमा दुवै पार्टीका तर्फबाट तयार पारिएको विधान र घोषणापत्रमाथि छलफल हुनेछ।

पार्टीले शान्तिपूर्ण सहअस्तित्व, सार्वभौम समानता, पञ्चशीलको सिद्धान्त, राष्ट्रिय सुरक्षा, अन्तर्निर्भर अर्थतन्त्र, सांस्कृतिक अनतिक्रम्यता र जनताको समृद्धि लक्षित सम्बन्धलाई परराष्ट्र नीतिको आधार बनाएको छ।

‘हाम्रो देशको भूराजनीतिक स्थितिमाथि मध्यनजर गर्दै सन्तुलित, अन्तर्निर्भरतापूर्ण र एक्काईसौ शताव्दीको लक्ष्यसँग हाम्रो परराष्ट्र नीति जोडिनुपर्छ’, पार्टी घोषणापत्रमा भनिएको छ, ‘यसै नीतिअनुसार छिमेकी मुलुकहरूसँगको सामाजिक आर्थिक सम्बन्धलाई पार्टीले विशेष महत्त्व दिनुका साथै विश्वका सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध कायम गर्नेछ।’

पार्टीको परराष्ट्र नीति राष्ट्रिय हित र जनताको समृद्विमा केन्द्रित हुने घोषणापत्रमा उल्लेख छ। भूपरिवेष्टित देशको अधिकार, ठूला र साना देशहरूबीच पूर्ण समानाधिकार तथा एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपको नीतिको पक्षपोषण गर्नु, आर्थिक कूटनीति अबलम्वन गरी देश विकास एवम् समृद्विमा ठोस योगदान पु¥याउनु हाम्रो परराष्ट्र नीतिको मूल लक्ष्य हुनेछ’, घोषणापत्रमा छ।

प्रकाशित: May 11, 2020| 15:22 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।