शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनबाट हिजो घर फर्किएका युवामा आज कोरोना संक्रमण पुष्टि

क्वारेन्टिनबाट हिजो घर फर्किएका युवामा आज कोरोना संक्रमण पुष्टि

काठमाडौं– सप्तरीका पहिलो कोरोना संक्रमित युवालाई आइतबारमात्र क्वारेन्टिनबाट घर पठाइएको बुझिएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं– सप्तरीका पहिलो कोरोना संक्रमित युवालाई आइतबारमात्र क्वारेन्टिनबाट घर पठाइएको बुझिएको छ।

सोमबार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परीक्षणमा कोरोना संक्रमणको पुष्टि भएका १८ वर्षीय युवक आइतबार मात्र क्वारेन्टिनबाट घर गएको खुलेको हो।
घर गएको भोलिपल्ट कोरोना संक्रमणको पुष्टि भएपछि अहिले सुरक्षाकर्मीको टोली उनलाई लिन घर गएको छ।

संक्रमित युवाको घर डाक्नेश्वरी नगरपालिका–३ हो। वडाअध्यक्ष प्रदिपकुमार साहले संक्रमित युवासहित उनीसँगै क्वारेन्टिनमा बसेका ८ युवा आइतबार मात्र घर फर्किएको बताए।

साहका अनुसार संक्रमित युवा वैशाख ९ गते चितवनबाट गाउँ पुगेका थिए। उनीसँग अन्य १३ जना युवा पनि थिए। ‘गाडीबाट झरेर गाउँ आउँदै गर्दा मैले थाहा पाएपछि सबैलाई बीच बाटैबाट क्वारेन्टिनमा राखिएको थियो,’ वडा अध्यक्ष साहले भने, ‘६ जना युवा १४ दिन पछि घर फर्किसकेका थिए।’

जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले भने संक्रमित युवा क्वारेन्टिनमै रहेको दाबी गरे। तर, उनले संक्रमित युवाको आमासँग सम्पर्क भएकोले आमाको पनि स्वाब संकलन गरिने बताए।

वडाअध्यक्ष साहका अनुसार संक्रमित युवकको घरमा आमामात्र छिन्। बुबा रोजगारीको शिलशिलामा विदेशमा छन्। आमालाई पनि क्वारेन्टिनमा राखिने उनले जानकारी दिए।
साहका अनुसार १४ जना युवा सबै चितवनमा घर निर्माणको काममा मजदुरी गर्दै आएका थिए।

प्रकाशित: May 11, 2020| 15:14 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।