शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले आफ्नो गल्ती छोप्न कोरोनाको बहाना पाएको छ : मिनेन्द्र रिजाल

सरकारले आफ्नो गल्ती छोप्न कोरोनाको बहाना पाएको छ : मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले कोरोनाको समस्या देखाएर आफ्नो गल्ती छोप्न लागेको बताएका छन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले सरकारले कोरोनाको समस्या देखाएर आफ्नो गल्ती छोप्न लागेको बताएका छन्।

आज प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्रीले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकताबारे बोल्दै उनले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले विकास निर्माणको कुनै काम गर्न नसकेको दाबी गरेका हुन्।

रिजालले १९ प्रतिशत मात्र राष्ट्रिय गौरवका आयोजनामा खर्च भएको बताउँदै, निजगढ विमानस्थल र पशुपति क्षेत्र विकास कोषमा एक रूपैयाँ पनि खर्च नभएको बताए।

उनले भने, “यसबाट प्रष्ट हुन्छ सरकारले कोरोना अगाडि कस्तो गतिमा काम गरेको थियो।”

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छाया अर्थमन्त्रीसमेत रहेका रिजालले कोरोनाको असर अहिले नै एकीन गर्न नसकिने भएकोले अहिले सानो आकारको बजेट ल्याउनु उपयुक्त हुने बताए।

उनले भने, “कोरोना असरको तथ्यांक आइसकेपछि पुरक बजेट ल्याउन सकिन्छ।”

प्रकाशित: May 11, 2020| 14:16 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।