शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतसँगकाे सीमा विवाद समाधान भएपछि मात्र चीनसँग वार्ता : परराष्ट्रमन्त्री

भारतसँगकाे सीमा विवाद समाधान भएपछि मात्र चीनसँग वार्ता : परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सीमा विवाद समस्या समाधानपछि मात्र सीमा विवादबारे चीनसँग छलफल गर्नुपर्ने बताएका छन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं- परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतसँगको सीमा विवाद समस्या समाधानपछि मात्र सीमा विवादबारे चीनसँग छलफल गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा उनले भारतले नेपाली भूमि लिपुलेक मिचेर सडक बनाएको विषयमा पहिला भारतसँग वार्ता गरेर समस्या समाधान गरेपछि मात्र चीनसँग छलफल गर्नुपर्ने बताएका हुन्।

उनले भने, 'आजको समस्या भारतसँग नै हो। भारतसँग समस्या समाधान गरेपछि मात्र त्रिदेशीय बिन्दु कहाँ हो भन्नेबारे छलफल गर्नुपर्छ।' 

उनले भारतले कोरोना भाइरस संक्रमण सकिएपछि वार्ता गर्ने भने पनि अब छिट्टै वार्ता हुने जानकारी दिए। तर कति दिनभित्र वार्ता हुन्छ भन्ने विषयमा उनले केही बताएका छैनन्।

मन्त्री ज्ञवालीले भने, 'हामी त्यतिबेलासम्म कुर्न सक्दैनौं, सरकार छिटो वार्ता सुरु गरिनुपर्छ भन्नेमा छ।' उनले भारतलाई वार्ताका लागि नोभेम्बरदेखि ताकेता गरिरहे पनि वार्ता हुन नसकेको बताए।

सरकार सीमाको विवादलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्ने पक्षमा नरहेको ज्ञवालीले बताएका छन्। उनले भने, 'दुई पक्षीय वार्ताको माध्यमबाटै समस्या समाधान गर्नुपर्छ भन्नेमा सरकार छ। अन्तर्राष्ट्रियकरण गर्ने बेला आएकाे छैन।'

प्रकाशित: May 11, 2020| 12:58 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।