शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मध्यरातमा लुकेर नेपाल छिरेका थिए कपिलवस्तुका १० कोरोना संक्रमित

मध्यरातमा लुकेर नेपाल छिरेका थिए कपिलवस्तुका १० कोरोना संक्रमित

सोमबार कोरोना संक्रमण पुष्टि भएका दशै जना लकडाउनका बेला प्रहरीको आँखा छलेर भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

कपिलवस्तु- सोमबार कोरोना संक्रमण पुष्टि भएका दशै जना लकडाउनका बेला प्रहरीको आँखा छलेर भारतबाट नेपाल प्रवेश गरेको खुलेको छ ।

उनीहरु भारतको मुम्बईबाट लुकिलिपी मध्यरातमा १२ दिनअघि नेपाल प्रवेश गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले नेपाल समयलाई जानकारी दिए । यसअघि भेटिएका दुई संक्रमित पनि भारतको मुम्बईबाट नेपाल प्रवेश गरेको खुलेको थियो ।

उनका अनुसार सबै संक्रमित भारतबाट नेपाल प्रवेश गरेको जानकारी पाउने वित्तिकै प्रकाउ गरि क्वारेन्टिनमा राखिएको थियो । त्यहाबाट शनिबार ३ सय जनाको थ्रोट स्वाब संकलन गरि पठाएकोमा दश जनामा कोरोना पोजिटिभ देखिएको हो ।

संक्रमित १० जना मध्ये ८ जना यशोधरा गाउँपालिका वडा ५ का र २ जना बुद्धभूमि नगरपालिका वडा नम्बर १ र १० का रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । संक्रमण पुष्टि भएकाहरु १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका पुरुष र एक जना उमेर खुलेको छैन ।

स्थानीय प्रशासन र स्थानीय सरकारको सहयोगमा स्वास्थ्यकर्मीले शनिबार यशोधरा गाउँपालिकाबाट ६२ बुद्धभूमि नगरपालिबाट १२० र कपिलवस्तु नगरपालिकाका १ सय जनाको स्वाब संकलन गरी काठमाडौं टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा पठाइका थिए । यी मध्ये धेरेको रिपोर्ट आउन बाँकी छ ।

स्वाव संकलन गरिएका मध्ये अधिकांश भारतबाट लुकिछिपी नेपाल आएकाहरु छन् । प्रमुख जिल्ला अधिकारी पौडेलका अनुसार भारतबाट लुकिछिपी नेपाल प्रवेश गरेकाहरुबाट जोखिम बढ्दै गएको छ । अहिले पनि लुकिछिपी भारतीय सीमा नाकाबाट नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन् ।

लुकीछिपी नेपाल छिर्ने क्रम बढेपछि स्थानीय प्रशासनले सीमामा निगरानी बढाएको छ । प्रत्येक तीन सय मिटरमा सीमा सुरक्षामा खटिएका प्रहरीको अस्थायी पोस्ट राखेर सुरक्षा दिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

उनका अनुसार पछिल्लो पाँच दिनमा मात्रै भारतबाट नेपाल प्रवेश गर्न खोज्ने २ हजार १ सय ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई दशगजा क्षेत्रमा राखिएको छ ।

 

प्रकाशित: May 11, 2020| 12:01 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।