बुधबार, असोज २१, २०८३

सिर्जनशील १० किशोरी : एक महिना सिकेकै भरमा फिल्म बनाएर प्रदर्शन

फिल्ममेकिङको ‘फ’सँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाउलान् भन्ने पत्याउन गाह्रै पर्छ
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

काठमाडौं- एक महिना सिकाइ अनि दुई हप्तामा फिल्म। क्यामरा र क्यामरा र फिल्ममेकिङको ‘फ’सँग पनि परिचित नभएका किशोरीले छोटो समयमै फिल्म बनाएर देखाए। किपालय प्रोडक्सनले प्लान इन्टरनेसनलको ‘गल्र्स गेट इक्वेल’ अभियानअन्तर्गत रहेर गरेको फिल्ममेकिङ कार्यशालामा भाग लिएका १० किशोरीले एक महिना सिकेकै भरमा उम्दा फिल्म बनाएर देखाए। शुक्रबार नेपाल चलचित्र विकास बोर्डको हलमा उनीहरूले बनाएका फिल्म हेर्दा सिकारु हैन अनुभवी फिल्ममेकिङको झलक देख्न सकिन्थ्यो। 

१० जना किशोरीले एक महिने फिल्म मेकिङ कार्यशाला अन्तर्गत बनाएका ५ फिल्मको प्रदर्शन गरिएको थियो। ‘वुमन मेक फिल्मस्’ शीर्षकमा गरिएको यो तालिमलाई अस्कर इन्टरनेसनल कलेज र चलचित्र विकास बोर्डले पनि सघाएका थिए। ५ फिल्मको लम्बाइ औसतमा ५ मिनेट थियो।

नेपाली फिल्ममा महिलाको चरित्र चित्रण अस्वाभाविक र यथास्थितिवादी रहेको टिप्पणी हुने गरेको छ। महिलासम्बन्धी थुप्रै ‘स्टेरियोटाइप’ चिर्न र फिल्म निर्माणमा महिलाको संख्या बढाउने उद्देश्यले कार्यशाला गरेको आयोजक किपालयको धारणा थियो। 

किपालयकी प्रोजेक्ट हेड आश्मा पोखरेलले कार्यशालाका लागि देशभरबाट आवेदन मागिएको  यसरी आएका आवेदनबाट १० जनालाई छनोट गरी कार्यशालामा सहभागी गराइएको जानकारी गराइन्।  सुरुमा कार्यशाला भौतिक रुपमै काठमाडौ र चित्लाङ गरी दुई ठाउँमा गर्ने योजना रहे पनि महामारीको दोस्रो लहर आएसँगै कार्यशालामा भर्चुअल रुपमा सम्पन्न गरिएको थियो।   

कार्यशालाका प्रोजेक्ट कोअर्डिनेटर नवविजय श्रेष्ठले सैद्धान्तिक र प्रायोगिक दुवै विधिको प्रयोग गरी किशोरीलाई फिल्ममेकिङमा दीक्षित गर्ने प्रयास गरेको जनाए। ‘एक महिना लामो तालिममा १८ देखि २४ वर्षसम्मका किशोरीले नेपाली समाजको बनावटमाथि रचनात्मक  प्रश्न गर्ने शिल्प सिके। यी पाँच चलचित्रको प्रदर्शनले यो महिला चलचित्रकर्मीलाई आफ्नो क्षमता देखाउन राम्रो मञ्ंच प्रदान गर्नुका साथै आत्मविश्वासी बनाएको महसुस गरेका छौँ,’ नवविजयले भने।

यसैगरी प्लान नेपालकी अभियान विशेषज्ञ सृजना बज्रचार्यले छोटो समयमै किशोरीहरूले उत्कृष्ट फिल्म बनाउन सफल भएकोमा खुशी लागेको बताइन् । ‘यति छोटो तालिमको भरमा यति राम्रा बन्लान् भन्ने सोचेको थिइँन तर उनीहरूले उत्कृष्ट फिल्म बनाएका छन्,’ उनको भनाइ थियो। 

एक महिने कार्यशाला साउन ३ देखि भदौ ३ सम्म चलेको थियो। कार्यशालामा आश्रुती त्रिपाठी, प्राधान्या योञ्जन, एन्जला चौधरी, पुष्पा जोशी, पूर्णिमा महर्जन, अम्बिका भण्डारी, अस्मिता लावती, श्रीषा कुँवर, मीरा खड्का र ज्योति बेलबासे सहभागी भएका थिए। १० जनाले ५ समूहमा विभक्त भई बनाएका फिल्ममा उनीहरूले ५ फरक महिलाको जिन्दगीलाई फिल्ममा समावेश गरेका थिए। यसरी बनेका सबै फिल्म डकुमेन्ट्री हुन्। 

यति छोटो समयावधिमा यी दस चलचित्रकर्मीले डकुमेन्ट्री फिल्म बनाउन चाहिने आधारभुत ज्ञान त पाए नै, यसैका साथै  चलचित्रकर्मीले अपरिचित व्यक्ति माझ आफूलाई कसरी पस्किने र उनीहरूको जीवनबारे चलचित्र निर्माण गर्ने ज्ञान पनि हासिल गरे।

यौनकर्मीको कथामा फिल्म बनाएकी पुष्पा जोशीले कार्यशालाले आफूलाई फिल्म बनाउने कला मात्र नसिकाएर महिलाका मुद्दालाई लेन्सको आँखाले कसरी हेर्न सकिन्छ भन्ने पनि ज्ञान दिएको बताइन्। 

उनले भनिन्, ‘ यो तालिमले मलाई चलचित्र निर्माणसम्बन्धी प्रविधिक ज्ञान त दियो नै साथै महिलालाई बुझ्ने र यसलाई प्रविधिका माध्यमबाट अभिव्यक्त गर्ने कौशल सिकाएको छ। भविष्यमा म अझै धेरै डकुमेन्ट्री चलचित्र बनाउने छु फिल्ममा पितृसत्ताको वर्चस्वलाई थोरै भए पनि चुनौती दिने प्रयास गर्नेछु।’ 

१ महिने कार्यशालामा उनीहरूलाई राजन कठेत, रजिला श्रेष्ठ, बबिन दुलाल लगायतले प्रशिक्षण दिएका थिए। किशोरीलाई प्रशिक्षण दिएका राजन कठेतले कार्यशालाले फिल्म बनाउने सिपसँगै किशोरीमा समाजसँग घुलमिल हुने गुणको पनि विकास गराएको धारणा राखे। 

‘यति छोटो समयावधिमा यी दस चलचित्रकर्मीले डकुमेन्ट्री फिल्म बनाउन चाहिने आधारभुत ज्ञान त पाए नै, यसैका साथै  चलचित्रकर्मीले अपरिचित व्यक्ति माझ आफूलाई कसरी पस्किने र उनीहरूको जीवनबारे चलचित्र निर्माण गर्ने ज्ञान पनि हासिल गरे,’ उनको धारणा थियो। 

प्रकाशित: Sep 12, 2021| 12:15 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।