शनिबार, भदौ ६, २०८३

पूर्वराज्यमन्त्री कुन्ती शाहीसहित १५ जना पक्राउ

सीमा अतिक्रमणको विरुद्धमा प्रदर्शनको तयारीमा रहेका पूर्व राज्यमन्त्री कुन्ती शाहीसहित राप्रपाका १५ नेता/कार्यकर्ता पक्राउ परेका छन्।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

काठमाडौं– सीमा अतिक्रमणको विरुद्धमा प्रदर्शनको तयारीमा रहेका पूर्व राज्यमन्त्री कुन्ती शाहीसहित राप्रपाका १५ नेता/कार्यकर्ता पक्राउ परेका छन्।

प्रदर्शनको तयारी गरिरहेको बेला उनीहरूलाई प्रदर्शनीमार्गबाट पक्राउ गरिएको कमलपोखरी वृतका डीएसपी भरत बिकले जानकारी दिए।

लकडाउनको उल्लंघन गर्दै प्रदर्शन गर्ने तयारी गरेकोले पक्राउ गरेर भृकुटीमण्डप प्रहरी कार्यालयमा राखिएको बिकले बताए।

पक्राउ पर्नेमा सरस्वती लामा, प्रकाश रिमाल, महेश सिंह, मणि सिंखडा, कैलास कटुवाल, शशी भण्डारी, निराजन बम छन्।

त्यसैगरी जगदिश राजभण्डारी, जनक फडेरा, सन्तोषी शाही, हिक्मत कार्की, गुणराज राजभण्डारी, अभिषेक अधिकारी र विशाल राउत पक्राउ परेका छन्।

प्रकाशित: May 11, 2020| 12:10 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।