शनिबार, भदौ ६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सञ्चारकर्मीमाथि हातपात गर्ने प्रहरीलाई निलम्बन गर्न माग गर्दै वीरगन्जमा धर्ना

सञ्चारकर्मीमाथि हातपात गर्ने प्रहरीलाई निलम्बन गर्न माग गर्दै वीरगन्जमा धर्ना

सञ्चारकर्मीमाथि हातपात गर्ने प्रहरीलाई निलम्बनको माग गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार बिहान वीरगन्जमा धर्ना दिएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

सञ्चारकर्मीमाथि हातपात गर्ने प्रहरीलाई निलम्बनको माग गर्दै नेपाल पत्रकार महासंघ पर्सा शाखाले सोमबार बिहान वीरगन्जमा धर्ना दिएको छ।

नेपाल पत्रकार महासंघको आह्वानमा वीरगन्जको घण्टाघर अगाडि धर्ना दिइएको हो।

नयाँ पत्रिका पर्साका संवाददाता तथा नारायणी एफएममा कार्यरत सञ्चारकर्मी तिवारी यादवलाई पर्सा प्रहरीले कार्यालय अगाडि हातपात गर्दै नियन्त्रणमा लिएको विषयलाई लिएर पत्रकारहरु आन्दोलनमा उत्रेका हुन्।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले प्रेसको हैसियतलाई नबुझेको पर्सा प्रहरीले गरेको दमन तानाशाही रहेको बताए । सञ्चारकर्मीमाथिको दुर्व्यवहार अक्षम्य रहेको उनको भनाइ थियो ।

पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराले प्रहरीको दमनविरुद्ध सञ्चारकर्मीमात्र नभई नागरिक, बुद्धिजीवी, चिकित्सक, व्यवसायी सबै एक हुन आग्रह गरे।

प्रकाशित: May 11, 2020| 12:04 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।