शनिबार, भदौ ६, २०८३

गाउँपालिका अध्यक्ष दम्पतीको हेलिकोप्टरबाट उद्धार

कालिकोटकाको पलाँता गाउँपालिकामा ढुंगा प्रहारबाट घाइते भएका गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी श्रीमती गोरीकला बमको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
 |  सोमबार, वैशाख २९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २९, २०७७

कालिकोटकाको पलाँता गाउँपालिकामा ढुंगा प्रहारबाट घाइते भएका गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम र उनकी श्रीमती गोरीकला बमको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

अध्यक्ष बम र सोही गाउँपालिका वडा नम्बर–२ का वडाध्यक्ष मानबहादुर भण्डारी तथा स्थानीबीच शनिबार उपभोक्ता समिति गठनमा विवाद हुँदा ढुंगा हानाहान भएको थियो।

सोही घटनामा अध्यक्ष बम, उनकी श्रीमती गोरीकला, वडा नम्बर १ का वडाध्यक्ष मानबहादुर भण्डारी र केही स्थानीय घाइते भएका थिए। झडप भएको करिब २४ घण्टापछि आइतबार साँझ हेलिकोप्टरबाट थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याइएको छ ।

घाइतेमध्ये गोरीकलाको टाउकोमा गहिरो घाउ रहेको प्रदेश अस्पतालले जनाएको छ। घाइते गोरीकलाको स्वास्थ्य सुधारोन्मुख रहेको प्रदेश अस्पताल सुर्खेतका फिजिसियन डाक्टर केएन पौडेलले जानकारी दिए।

गाउँपालिका उपाध्यक्ष दाना शाहीका अनुसार घाइतेको उपचारको लागि गाउँपालिकाले हेलिकोप्टर चार्टर गरेको हो । ‘सीडीओको सिफारिसमा हेलिकोप्टर पठाइदिन प्रदेश सरकारलाई अनुरोध गरेका हौँ,’ उपाध्यक्ष शाहीले भनिन्, ‘प्रदेशलाई सहयोग गरिदिन आग्रह गर्दा हेलिकोप्टरको भाडा गाउँपालिकाले व्यहोर्ने सहमति भएको छ।’

पलाता गाउँपालिका वडा नम्बर २ को ग्रामीण सडक निर्माणका लागि उपभोक्ता समिति गठन गर्ने विषयमा अध्यक्ष बम र २ नम्बरका वडाध्यक्ष भण्डारीबीच कुरा नमिल्दा ढुंगा हानाहान भएको थियो । अध्यक्ष बम एउटा समूह र वडा नम्बर १ र २ का वडाध्यक्षको अर्को समूहमा विभाजित भएका थिए । अध्यक्ष बमको गालामा चोट लागेको छ वडा नम्बर १ का वडाध्यक्ष शाहीको खुट्टामा घाउ भएको छ ।

अध्यक्ष र वडानम्बर १ र २ का वडाध्यक्ष तत्कालीन नेकपा माओवादी केन्द्रबाट चुनाव जितेका हुन् । तर पार्टीको एकता प्रक्रियामा आन्तरिक गुट नमिल्दा नेकपा गाउँपालिका कमिटीले लामो समयदेखि गाउँपालिका अध्यक्षको कार्यशैलीप्रति विमति जनाउँदै आएको थियो ।

गाउँपालिका अध्यक्ष बमले भने नेकपाका गाउँपालिका अध्यक्ष विष्णु रोकायाको प्रत्यक्ष निर्देशनमा आफूमाथि कुटपिट गरिएको आरोप लगाउँदै आएका छन् । घटनाबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म कोही पनि प्रक्राउ नपरेको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख डिएसपी रामबहादुर ओलियाले जानकारी दिए।

प्रकाशित: May 11, 2020| 11:47 सोमबार, वैशाख २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।